भीमदत्त नगरमा आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्दै

 कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्न लागेको छ । भीमदत्त नगरपालिका ४ खुलामञ्चको पश्चिमतर्फ आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्न लागेको हो । नगरपालिकाले उपभोक्ताका लागि स्वच्छ, तरकारी, फलफुल एव माछामासु जन्य पदार्थका लागि छुट्टै तरकारी बजार बनाउन लागेको छ ।

भीमदत्त नगरपालिले चालु आर्थिक बर्ष २०७७/०७८ मा तरकारी केन्द्र–सब्जीमण्डी बनाउन लागेको हो । भीमदत्त नगरपालिकाका ईन्जिनियर जयराज भट्टले विचमा खाली ठाँउ छाडेर १सय २० सटर निर्माण गरिने बताए । ‘चारैतिर सटर हुन्छन, ‘उनले भने, ‘एक ठाँउमा आउने जाने बाटो हुन्छ ।’ पार्किङ्ग सहित शौचालय निर्माण हुनेछ । एमडिग्रुपले एक करोड ३६ लाख, ८३ हजार बराबर लागतमा मुल्य अभिबृद्धि कर सहित ठेक्का पाएको छ । एनडिग्रुपका संचालक अमर बहादुर मल्लले समयमै काम सम्पन्न गरिने बचन दिए । उनले गत २५ साउनमै सम्झौता भएपनि निर्माण स्थलमा धानखेती भएकाले दुई महिनापछि काम शुरुवात गरिएको बताए ।

आउँदो फागुन मसान्तसम्मका काम सम्पन्न गरिसक्नुपर्नेछ । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले समयमै काम गर्न र गुणस्तरिय गर्न आग्रह गरे । ‘उताका व्यवसायीलाई पहिलो प्राथमिकता दिन्छौँ, ‘उनले भने, ‘त्यसपछि बाँकी बचेकालाई पछि दिन्छौँ, यसमा तरकारी, फलफुल एव माछा,माछा मात्रै कारोबार हुनेछ । कञ्चनपुर मण्डि व्यवसायी संघका अध्यक्ष विशाल सोनारले तरकारीका लागि छुट्टै केन्द्रबाट सेवाग्राही र व्यवसायीलाई फाईदा हुने बताए । शुक्रबार तरकारी भवनको शिलान्याय गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले बजारमा रहेको अव्यवस्थित तरकारी, फलफुल एव माछामासु विक्रि केन्द्रलाई थप व्यवस्थित बनाउनका लागि सहज हुनेछ । विदेशमा रहेका नेपालीद्वारा अनाथालयमा ठूलो परिमाणमा सहयोग खडक कोली विदेशमा रहेका नेपाली युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा सहयोग गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds