कम्युष्टिले मात्रै जनतालाई समृद्धितिर लान्छ : नेता भट्ट

दोधारा
सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपा सुदर पश्चिम प्रदेश सहईन्चार्ज खगराज भट्टले कम्युष्टि नै सर्वहारा जनताका सच्चा सेवक भएको वताएका छन् । जनता र कम्युष्टि पार्टी बीच माछापानीको सम्बन्ध रहेको बताउँदै नेता भट्टले जनताको जीवन परिवर्तन हुुने गरी विकास निर्माण कार्य अघि बढेको समेत बताएका छन् । नेता भट्टले जनता सुखी र समृद्ध हुन राजनैतिक शासन पद्धति र शाकस राम्रो हुनुपर्ने र त्योे कम्युष्टि पार्टीबाट मात्रै सम्भव भएको दावी गरे ।
कंचनपुरको महाकाली नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संगठन विभाग सदस्य समेत रहेका नेता भट्टले भने,‘‘जनता मालिक हुन् नेता सेवक हुन्, जनपक्षिय काम गर्नुपर्ने दायित्व जनप्रतिनिधिमा हुनुपर्छ’’ विगत लामो समयदेखि दोधराका बासिन्दाले दुख,पिडा र सास्तीहरुसँग जुध्नुपरेको उल्लेख गर्दै उनले अव जनताका दिन आईसकेको र क्रमिक रुपमा संघ, प्रदेश र स्थानिय तहबाट काम भईरहेको वताए ।धनगढीको गेटामा मिडिकल कलेज निर्माण भईरहेको वताउँदै ‘‘ महकाली पारीका जनताले भारत उपचारका लागि जाने दिन गए, जनताका छोराछोरीले यहीँ स्वास्थ र शिक्षा प्राप्त गर्ने वताए । आफूहरुले समानता,छुवाछुत, सामाजिक विभेद र असमान विकास हुनु हुदैन भन्दै लडाइँ लडँयौ त्यस प्रतिफल स्वरुप सबैको नेपाल निर्माण भईरहेको वताए । स्रोतसाधनले भरिपूर्ण रहेको नेपाल छिट्टै समृद्ध हुने साशक र सासन प्रणालीमा सुधार आए जनताको जीवनमा आमूल परिवर्तन हुने जकिर गरे ।
 
माहाकालीमा पार्टी प्रबेशको होड ः सत्तारुढ दल नेकपाले गरायो ३ सय प्रबेश
माहाकाली नगरपालिकामा सत्तारुढ दल नेकपामा ३ सय बढी पार्टी प्रबेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माहाकालीले नेपाली काग्रेंस सहित बिभिन्न पार्टी परित्याग गरि ३ सय बढी पार्टी कार्यकर्ता पार्टी प्रबेश गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माहाकालीले जनाएको छ् । उनिहरुलाई कञ्चनपुर क्षेत्र नं. ३ का सांसद दिपक प्रकाश भट्टले अबिर, माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रबेशमा युवाहरुको जमात बढी देखिएको छ् । पार्टी प्रबेश गर्दै युवा कार्यकर्ताहरुले पार्टी र जनताको हित हुने काममा लागी पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य डाक्टर दिपक प्रकाश भट्टले महाकाली करिडोरलाई दोधारा चाँदनी संग जोड्ने बताएका छन् । सरकारले ब्रम्हदेबबाट दार्चुलाको तिंकर सम्म २०६६ सालमा सुरु गरेको महाकाली करिडोरलाई यस वर्ष बहुवर्षिय ठेक्का रु. ९० करोड बजेट बिनियोजन गरेको बताएका छ् ।
‘अर्को वर्ष यसलाई राष्ट्रिय गौरबको योजनामा राखिन्छ, दोधारा चाँदनी सम्म जोडिन्छ्’ सांसद दिपक प्रकाश भट्टले भने । बहुवर्षिय ठेक्कामा गएपछि करिडोरले गती लिने अपेक्षा राखिएको छ् । दोधारा चाँदनीलाई सुख्खा बन्दरगाहा निमार्ण हुने भएपछि ब्रम्हदेब सम्म प्रस्ताव गरिएको करिडोरलाई दोधारा चाँदनी सम्म पुगाउन लागिएको हो । महाकाली करिडोर बनेपछि ब्रम्हदेबका पुराना बस्ती खल्ला, टुँडीखेल, र मुसेट्टिी पर्यटकिय क्षेत्रकोरुपमा बिकास हुने सांसद भट्टले बताएका छन् । तिन वर्ष अघिको निर्वाचनमा साँसद भट्टले महाकाली करिडोर निमार्णलाई चुनावी एजेण्डा बनाएका थिए ।
चुरे क्षेत्रमा रुख कटानको लागी आएई हुन नसकेपछि ब्रम्हदेब जोगबुडा सडकखण्ड निमार्णमा अबरोध देखिएको थियो । सांसद भट्टले निवाृचन पछि आएई गराएर सडक निमार्ण अबरोधलाई हटाएका थिए । ‘करिडोर निमार्णको लागी अब ठेक्का गर्दैछौं, त्यस अघि रुख कटानी लागी प्रकृया अघि बढेको छ्, अहिले रुखमा नम्वरिङ्ग गरिएका छन्’ उनले भने – ‘त्यसपछि निमार्ण कार्य अघि बढ्छ् ।’ देशलाई विकास र समृद्ध बनाउने सरकारको यस पटक पनि बिभिन्न कार्यक्रमा रहेको बताएका छन् । समृद्ध नारा कागजमा मात्र सिमीत राखेर मात्र देशमा समृद्ध नहुने भएकोले संघिय सरकार, प्रदेश सरकार यसलाई कागजमा सिमीत नराखेर बिकास निमार्ण र जनताको समृद्धिको लागी परेको प्रतिनिधी सभा सदस्य डाक्टर दिपक प्रकाश भट्टले बताएका छन् ।
माहाकाली नगरपालिका वडा नं. ४ को मालिका आधारभुत बिद्यालयमा आयोजित बडा दशै, दिपावली र छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सांसद भट्ट सहित प्रदेश सभा सदस्य मान बहादुर सुनार, प्रकाश रावल, भिमदत्तका मेयर सुरेन्द्र बिष्ट लगाएत सहभागी रहेका थिए । यस अघि माहाकाली नगर क्षेत्रमा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकले पार्टी प्रबेश कार्यक्रम गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds