दुर्गम बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर शुरु

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दुगर्म बस्तीमा मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । जिल्लाको उत्तरी चुरे फेदको दुर्गम बस्तीमा विशेषज्ञ स्वास्थ्य शिबिर आयोजना गरिएको छ । भीमदत्त नगरपालिकाले ‘मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर’ अन्र्तरगत भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा विषेषज्ञ स्वास्थ्य शिबिर संचालन गरेको हो । नगरपालिकाले नगरका आधारभूत स्वास्थ्य सेवा विस्तार हुन नसकेका गाँउबस्तीमा विशेषज्ञ स्वास्थ्य शिबिर मार्फत नागरिकलाई गाँउमै स्वास्थ्य सेवा दिनका लागि शिबिर आयोजना गरिएको छ ।

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले खल्लामछेट्टी दुर्गम र विपन्न बस्ती जस्तै नगरका अन्य १० वस्ती गाँउमा निःशुल्क विशेषज्ञ सहित स्वास्थ्य शिबिर आयोजना गरिने बताए । ‘अहिले खल्लाबाट शुरुवात गरिएको स्वास्थ्य शिबिर नगरका अरु विपन्न र ग्रामीण बस्तीमा समेत संचालन गछौँ ।’ पहुँच नभएका नागरिकलाई स्वास्थ्य सेवाको मुल धारमा ल्याउनका लागि नगरपालिकाले ‘मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । भीमदत्त नगरपालिका आधारभूत स्वास्थ सेवा प्रमुख नरेन्द्र राज जोशीले शिबिरबाट २ सय नागरिकलाई सेवा दिएको बताए । उनका अनुसार विशेषज्ञ चिकित्सक मार्फत चेकजाँच, निःशुल्क औषधी वितरण गरिएको छ । ‘शिबिरमा सेवा लिन अएका नागरिकलाई स्वास्थ्य परामर्सका साथै निःशुल्क औषधी गरेका छन् ।’ अल्ट्रासाउण्ड सहितको सेवा दिएको थियो ।

गाँउमै विशेषज्ञ चिकित्सकलाई आफ्ना समस्या राख्न पाएकोमा स्थानीय हर्षित भएका छन् । ‘हाम्रो गाँउमा सिटामोल समेत पाईदैन, ‘खल्लामछेट्टीकी धना लुहारले भनिन, ‘आज गाँउमै उपचार पाए ।’ पेटको समस्या भएकी धनाले आर्थिक अभावका कारण ठुला अस्पतालमा उपचार गर्न जान नसकेपनि गाँउमै परार्मस र औषधी पाएको बताईन् । टाउँको दुख्ने समस्या भएको स्थानीय मदन धामीले रकम अभावका कारण यस अघि ब्रम्हदेब स्वास्थ्य चौकीमा गएर औषधी खाँदै आएको बताए । ‘ब्रम्हदेब गएर औषधी खान्थे, ‘उनले भने, ‘आज गाँउमै शिबिर संचालन भएपछि त्यहीबाट औषधी खाईरहेको छु ।’ वडाध्यक्ष राम नाथले दुर्गम बस्ती खल्लाबाट स्वास्थ्य शिबिर संचालन गरिएको भन्दै स्थानीय लाभान्वित हुने बताए । उनले गाँउमै स्वास्थ्यचौकीको माग अघि सारिएको बताए । स्थानीय एव नेकपा नेता जित बहादुर बमले दुर्गम बस्तीतिर विशेषज्ञ स्वास्थ्य शिबिर संचालनबाट स्थानीय लाभान्वित हुने बताए । उनले गाँउमै प्राथमिक स्वास्थ्य केन्द्र स्थापनामा जोडदिए ।

भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर विशेषज्ञ शिबिर मार्फत नागरिकलाई स्वास्थ्य राख्नका लागि अभियान थालिएको बताए । ‘यतिबेला कोरोना कहर चलेको छ, ‘मेयर विष्टले भने, ‘अन्य रोगको संक्रमणले कोरोना सक्रमण बढ्न सक्छ, त्यसैले स्वच्छ जिवनका लागि विशेषज्ञ सेवा विस्तार गरेका छौँ ।’ शिबिरमा गम्भिर प्रकृतिका बिरामीको थप उपचारका लागि नगरपालिकाले अस्पतालमा सिफारिस गरिने छ । मेयर विष्टले विकास पूर्वाधारसंगै जोडिएको गाँउमा थप विकासका योजना अघि बढाउने प्रतिबद्धता जाहेर गरे । संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले दुर्गम बस्तीको विकासका लागि स्थानीय सरकार सहित सरोकारवालाको ध्यान जानुपर्ने बताए । बस्तीमाथी उतिबेला बैद्यानिकताको प्रशन खडा गर्दै उनले बस्तीको विकासमा जोडदिए । प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले भूमि आयोग मार्फत लालपुर्जा सहितका नागरिकका समस्या समाधान गरिने बताए ।

ताजा समाचार