महेन्द्रनगरमा भेट्रान फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर ,
खेलकुद क्षेत्रमा नयाँ प्रतिभाको खोजीमा गर्नका लागि भेट्रान खसी कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।
आइतबार देखि द ग्यालेक्सी युथ क्लबको आयोजना भीमदत्त नगरपालिका वडा .१५ मा रहेको लक्ष्मी माध्यामिक विद्यालय खैरभट्टीको खेलमैदानमा एउटा भाईचारा सम्बन्ध कायम गर्नका साथै खेलकुद बिकासका लागि नाईन साइट पुरुष भेट्रान फुटबल प्रतियोगिताको-२०७७ को आयोजना गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् द ग्यालेक्सी युथ क्लबका अध्यक्ष गजेन्द्र पाण्डेयले बताएका छन। प्रतियोगितामा स्थानीय स्तरका टोलका ८ टिमको सहभागिता रहेको छ। भने टिम दर्ता शुल्क ५ हजार रहेको छ। साथै बिजेता हुने टिमले खसी प्रमाणपत्र र उपविजेता टिमलाई ट्रफी प्रमाणपत्र र यो संगै प्रत्येक बिधाका उत्कृष्ट हुने खेलाडी लाई समेत पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष पाण्डेयले बताएका छन् ।
उनका अनुसार विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ का बाबजुद थला परेको खेलकुद क्षेत्रलाई उजागरत गर्न र नयाँ खेलाडीको प्रतिभाको खोजी संगै अति नै आवश्यक रहेको हुँदा हिन्दु हरुको महान पर्व विजया दशमीको पावन अवसरमा खेलकुदको आयोजना गरेको हो। द ग्यालेक्सी क्लबले असोज ४ देखि १४ गते सम्म प्रतियोगिताको आयोजना गरिएको थियो भने अब भेट्रान फुटबल प्रतियोगिताको सम्पन्न भए पश्च्यात फुटबल बिकासका लागि यू– १३ ग्रासरुट्सको आयोजना गरिने छ। आइतबार भएको पहिलो दिनको खेलमा शान्ती टोल र चाहाना टोल बिच भएको प्रतिस्पर्धात्मक खेलमा शान्ति टोलले ५–० गोलले पहिलो जित दर्ता गरेको छ।

ताजा समाचार