मौलीक जरोकिलो पार्टीद्धारा संकल्प दिवसमा अनाथालयलाई खाद्यान्न र फलफुल प्रदान

महेन्द्रनगर

मौलीक जरोकिलो पार्टिले संकल्पदिवसको अवरमा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, दाल, फलफुल र तरकारी प्रदान गरेको छ । शनिबार अनाथालय प्रांगणमा मौलिक जरोकिलो पार्टिको महेन्द्रनगर शाखाले अनाथालयलाई दुई कट्टा चामल, पाच केजि दाल, पाच केजि आलु, चार केजि नुन र तरकारी तथा फलफुल वितरण गरेको हो ।

आफु पनि बाच्ने अरुलाई पनि बचाउने अभियान चलाएको पार्टिले अन्यस्थानमा विभिन्न स्थानमा असाहाय, गरिवहरुलाई खाद्यान्न वितरण गरेको छ । मौलीक जरोकिलो पार्टिका जिल्ला संयोजक देवराज भट्टले उक्त सामाग्री अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्दलाई हस्तान्तरण गरेका थिए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा पार्टिका सहसंयोजक हेमराज चटौत, सचिव कृष्ण दत्त पाण्डेय, सदस्यहरु यज्ञराज ओझा, प्रबेश केसि, दिपकराज ओझा, खेमराज जोशी र डम्मर दत्त भट्टको उपस्थीतीसंगै पत्रकारहरुको रहेको थियो ।

ताजा समाचार