बेलौरी नगरपालिकाको नव निर्मित भवन बनेको बर्षो विति सक्दा पनी सञ्चालनमा आएन

 निर्माण कम्पनीको नामै थाहा नभएको मेयर चौधरीको जबाफ

रमेश प्रसाद भट्ट/कञ्चनपुर

जिल्लाको दक्षिणि क्षेत्रमा रहेको बेलौरी नगरपालिकाको नव निर्मित भवन बनेको बर्षो विति सक्दा सम्म समेत नगरपालिकाले आफ्नो कार्यालय सञ्चालनमा ल्याउन सकेको छैन । नगरपालिकाले निर्माण कम्पनीबाट बुझ्न नसक्दा भवन सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाका मेयर पोतिलाल चौधरीले बताउनु भयो । मेयर चौधरीलाई कुन निर्माण कम्पनीले बनाएको हो, भनी सोध्दा निर्माण कम्पनीको नामै थाहा नभएको बताए ।

यसरी विवादमा रहेको नगरपालिकाको नव निर्मित भवनको बारेमा सामान्य जानकारी समेत नभएको मेयरको भनाईबाट स्पष्ट बुझ्न सकिन्छ । उनले भने ”हामि भवनको उचित मुल्यांकन गरेर र पुर्ण रुपमा प्राविधिक जिम्मेवार हुने गरेर एक महिना भित्रमानै नगरपालिकाले भवन बुझ्ने बताए ।” पछिल्लो समय नगरपालिका आफ्ना विकासी कार्यमा अगाडी बढेको बताउदै भने जति कार्य र चुनावका बेला जनता सामु गरेका आश्वासनका बाँचा पुरा गर्न नसकेको कुरा समेत उहाँले स्वीकार गर्नु भयो । २ करोड ५२ लाखमा ठेक्का सदर भएको हो तर निर्माण कम्पनी थाहा नभएको मेयर चौधरीको भनाई रहेको छ ।

करिब ४ बर्ष अघि उच्च कोटी निर्माण सेवा कम्पनीले ठेक्का पाएको हो । भने बेला बेलामा भवन निर्माणका बखत कमसलखाले कार्य भएको भनी चौतर्फी विरोध भएपछि पुन कार्य गरीएको स्थानीयहरुको भनाई रहेको छ ।

प्रति पक्ष पार्टी नेपाली काग्रेसका क्षेत्र नम्बर एकका पुर्व क्षत्रीय सभापति एवं गत स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्यसी हरेन्द्र सिह विष्टले भने नगरपालिकामा अनियमितता भईरहेको भन्दै आफुहरुले मागेका कुनै पनी सुचना नदिएको बताए । उहाँले नगरपालिकाको नव निर्मित भवनको सम्बन्धमा भने एक मेयर जस्तो जिम्मेवार पदले भवन निर्माण कम्पनीको नाम समेत थाहा नपाउनु बडो दुर्भाग्य भएको बताए । भवन सञ्चालनमा नल्याउदा भाडा तिरेर कार्यालय सञ्चालन गर्नु परेको बताउदै जनताले तिरेको करको दुरुपयोग भईरहेको बताए ।

भवनमा नगरपालिकाले लापर्वाही गरेको अहिले सम्म पनी यसरी भवनको वेवस्ता गरिनु राम्रो नभएको स्थानीय प्रकाश राज पन्तले बताए । उहाँले भने दुई तिहाईको सरकार कुम्भकरणको निनद्रमा सुतेको बताउदै कसरी हुन्छ आफु मात्र पैसा खाईराखेको आरोप लगाउनु भयो ।

यसरी जनताले भोट दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरुले जनताको चाहान बमोजिम जान नसक्दा र कार्य नगर्न नसक्दा चुनावी नारालाई नारामै थन्काउने प्रचलनको अन्त्य हुन जरुरी देखिन्छ ।

ताजा समाचार

This will close in 10 seconds