आज महेन्द्रनगरको यूनिक टेडिङ्ग सेन्टरको उद्घाटन

लाल परियार जसले परम्परागत प्रणालीबाट सिलाई व्यवसाय शुरु गरेर स्वरुमसम्म पु¥याए

कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका ७ लालपुरका युवा लाल परियारले दुई दशक अघि अध्ययनकै सिलसिलामा पुर्खाले गर्दै आएको परम्परागत सिलाईकटाई व्यवसाय शुरु गरे । पाँच भाई, ३ बहिनी आमाबाबु सहित १० जनाको परिवारमा हुर्किएका लाल परिवार बाबु (बिरसिह र स्व.गोदाबरीका) साईला छोरा हुन् । माध्यामिक तह अध्ययन गर्दा गर्दै परम्परागत व्यवसाय शुरु गरेका लालले दुई दशकमा परम्परागत व्यवसायलाई स्तरबृद्धि गर्दै टे«डिङ्गसम्म पु¥याउन सफल भएका छन् । मेहनत कडा परिश्रम, ईमान्दारिता र आम ग्राहकको विश्वास जित्दै आएका लालले २० बर्षमा सिलाई सेन्टरको स्तरबृद्धि गरेका हुन् । उनी सफल व्यवसायीको रुपमा चिनिन्छन् । यूनिक सिलाई सेन्टर उस्तै पनि ग्राहकको रोजगाई र विश्वाशिलो सिलाई सेन्टरको रुपमा गनिन्छ । न्यून पुँजी एक सिलाई मेसिनबाट व्यवसाय शुरु गरेका लालले अहिले आधुनिक मेसिन मार्फत सेवा दिदै आएका छन् । परिवारमा संख्या बढि भएकाले उनका आमाबाबु कमाई सन्तानको भरषपोषण र शिक्षा दिक्षामा पुरा गर्न समेत धौउ धौउ हुन्थो ।

परम्परागत व्यवसायबाट बृद्धि विकास नहुने देखेपछि लालले किशोरास्वथामै महेन्द्रनगर बजारको क्याम्पस रोडमा सानो सिलाई कटाई पसल खोलेका थिए । केही हजार रुपैयाबाट शुरुवात गरेको व्यवसाय अहिले लाखौँसम्म पु¥याएका छन् । विगतमा कपडा सहित सिलाई सेवा दिदै आएको यूनिक सिलाई सेन्टरले टे«डिङ्गमा परिणतभएसंगै सुटसेट लगायत थप स्तरिय सेवा विस्तार भएको छ । युनिक सिलाई सेन्टरका संचालक लाल परियारले ग्राहककै विश्वासका कारण सिलाई सेन्टरको स्तरबृद्धि गरिएको बताए । ‘परम्परागत व्यवसायलाई आधुनिकिकरण गर्नुपर्छ, भन्ने मेरो पहिलेदेखिकै विचार थियो, ‘उनले भने, ‘त्यसै मिसनमा कटिबद्ध भएर लागिरहे आज यहाँसम्म पुगेको छु ।’ परम्परागत पेशालाई आधुनिक गर्दा त्यसबाट थुप्रै आयाम हुने बताउदै उनले सिलाई कटाई पेशालाई सम्मानको रुपमा समेत विकसित गर्नु जरुरी रहेको बताए । व्यवसाय शुरु गरेपछि ग्राहको चाहना अनुरुप सेवा विस्तारका लागि दिल्ली, काठमाण्डौँबाट समेत तालिम लिएका लालले ग्राहको चाहना अनुरुप काम गर्न प्रर्यत्न गरिरहेको बताए । टे«डिङ्ग सेन्टरमा परिणत भएसंगै विगत भन्दा थप स्तरिय सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गर्दै उनले अझैपनि ग्राहकको विश्वास जित्ने बताए । हाल सेन्टरमा १५ जना युवा रोजगारीमा छन् । ‘स्वदेशमा पनि गरे धेरै हुन्छ, ‘उनले भने, ‘तर आफु लगनशिल र सीपयुक्त हुनुपर्छ ।’ सुटसेट, तयारी पोशाक, अर्डर अनुरुप सेवा दिईने बताए । बालकदेखि बृद्धको रोजाईमा रहेको यूनिकलाई अझैपनि थप यूनिक बनाउदै लैजाने उनको प्रतिबद्धता थियो ।

आगामी दिनमा देशका ठुला शहरमा सिलाई सेन्टरले सेवा विस्तार गर्ने योजना अघि सारेको बताए । व्यवसायसंगै राजनीतिक यात्रा शुरुवात गरेको लाल नेकपा बेदकोटको नगर अध्यक्ष हुन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघको केन्द्रीय सदस्य सगरमाथा प्रतिष्ठान नेपालको आजिवन सदस्य हुन् । उनलाई विभिन्न समाजिक संघ संस्था सरकारी गैर सरकारी निकायले उत्कृष्ठ समाजसेवि व्यवसाय गरेको भन्दै पुरस्कार तथा सम्मान गरेका थिए । राजनीतिमा समेत जोडिएको युवा लाल परियारले स्वदेशमै कर्म गरे सफल भईने बताए । उक्त सिलाई सेन्टरको आज (घटस्थापनाका अवसरमा) औपचरिक उद्घाटन गरिने लागेको छ । समाजिक विकास मन्त्री कृष्ण सुवेदीले एक कार्यक्रमका विच सेन्टरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका राष्ट्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ समेत सहभागि हुने भएका छन् । यस्तै विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, नागरिक समाज, व्यवसायी, उद्योगी लगायत क्षेत्रलाई आमन्त्रण गरिएको छ । बिहान ११ बजेतिर औपचारिक उद्घाटन हुने भएपनि दिभर स्वरुप अवलोकन, आर्शिवाद, प्रसाद ग्रहण कार्यक्रम दिनभर हुनेछ । सिलाई व्यवसायमा सफल भएका उद्यमी लालले आगामी दिनमा ग्राहकको सन्तृष्टीलाई मध्य नगर गर्दै सेवा प्रवाह गर्ने प्रण गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds