मजदुर, सुकुमबासीद्वारा सुप विश्वविद्यालयको जमिन फिर्ता

सुकुमबासी भूमिहिनले कमाउदै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको जमिन फिर्ता गरेका छन् । चौध बर्षदेखि उपभोग गर्दै आएका उनीहरुले विश्वविद्यालयको जमिन फिर्ता गरेका हुन् । ०६३ सालतिर भूमिहिन, मजदुर सकुमुबासीलाई ततकालिन नेकपा माओवादीको अगुवाईमा भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित महेन्द्रनगर नगर विकास समितिको जमिनमा बसाईएको थियो ।

महेन्द्रनगर नगर नगरविकास समितिको सात विगाह जमिन उपभोग गर्दै आएका ४२ परिवारले विश्वविद्यालयलाई जमिन हस्तान्तण गरेका छन् । शुक्रबार जमिनमै गएर उनीहरुले उपभोग गर्दै आएको जमिन फिर्ता गराएका हुन् । सुकुमबासीका अगुवा आनन्द सिह धामीले ०६९ सालतिर विश्विद्यालयले उक्त जमिन नगरविकासबाट आफ्नो स्वामित्वमा लिएकाले विश्वविद्यालयको बृद्धि विकासका लागि आफ्नो घरबारबिहिन भएपनि जमिन फिर्ता गरेको बताए । ‘हामी शिक्षा विरोधी र विकास बिरोधी होईनौँ, ‘उनले भने, ‘हाम्रो भूमिसम्बन्धीको समस्या सरकारले समाधान गर्नुपर्छ, हामी विश्वविद्यालयको बृद्धि विकासमा बाधक बनेनौँ ।’ भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरविच विभिन्न सहमती भएपछि उनीहरु जमिन छाड्न तयार भएका थिए ।

वास्तविक सुकुमबासीको लगत संकलन गर्ने, उनीहरुको बसोबासका लागि पहल गर्ने, वैकल्पिक व्यवस्थापनका लागि सम्बन्धीत निकायमा पहल गर्ने, जमिन भोकचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सिपमुलक, आयमुलक रोजगारीका कार्यक्रम संचालन गर्ने, यस बर्षको गहुँखेती माफत प्रति परिवार ७ हजार ५ सय रुपैया उपलब्ध गराउने सहमती भएको छ । सुप विश्वविद्यालयका रजिष्ट्रार गोबिन्द सिह विष्टले उक्त जमिनमा शैक्षिक गतिबिधी संचालन हुने बताए । सुकुमबासी अगुवा पार्वती दुलालले आफुहरु विश्वविद्यालय बिरोधी नभई विश्वविद्यालयले शैक्षिक गतिबिधीमा साथ सर्मथन रहेको बताउदै सुकुमबासीको समस्याप्रति गम्भिर भईदिन आग्रह गर्दै क्षमता अनुसार रोजगारी दिनुपर्नेमा जोडदिईन् । सुमुबासीकी अर्की अगुवा मागा नेगीले सहमती कार्यान्वयन जोडदिदै विश्वविद्यालयले सुुकुमबासीका समस्याप्रति गम्भिर हुनुपर्ने बताईन् ।

भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले मजदुर सुकुमबासीले उक्त जमिन संरक्षण गरिराखेको बताए । ‘यो जमिन तपाईहरुले संरक्षण नगरेको भए आज कुनै भूमाफियाले जमिन आफ्नो नाममा हालिसक्थे, ‘उनले भने, ‘यसका लागि तपाई धन्यवादका पत्रहुनुहुन्छ ।’ महेन्दं्रनगर नगरविकास समितिको खोलानाला सहितका जमिन कब्जा गरिसक्ने मेयर विष्टको भनाई छ । मेयर विष्टले विश्वविद्यालयसंगै हातेमालो गरेर जानुपर्ने मेयर विष्टको सुझाव छ । फोटो क्याप्सन ः १४बर्षदेखि सुप विश्वविद्यालयको जमिन उपभोग गर्दै आएका मजदुरले सो जमिन सुप विश्वविद्यालयमा फिर्ता गराउँदै मजदुर, सुकुमबासी

ताजा समाचार