दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयद्वारा बिरोध

कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाँउपालिका १ नम्बर वडामा रहेको दुर्गा आधारभूत विद्यालय भवन निर्माणमा गुणस्तरियहिन (दोयम) ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । लालझाडी गाँउपालिका १ बिनवारी स्थित दुर्गा आधारभूत विद्यालयको नयाँ भवन निर्माणमा गुणस्तरहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले आपत्ति जनाउँदै बिरोध जनाएका हुन् । विद्यालय व्यवस्थापन समिति लगायतका स्थानीयले ठेकेदार कम्पनीले बदमासी गर्न खोजेको आरोप लगाएका छन् ।

स्थानीय एव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल रानाले निर्माण व्यवसायीले गुणस्तरियहिन ईटा प्रयोग गरिरहेको आरोप लगाए । ‘विद्यालय जस्तो सम्वेदनशिल क्षेत्रमा गुणस्तरहिन ईटा प्रयोग गर्न खोजिएको छ, ‘उनले भने, ‘यस्तो ईटा तुरुन्तै फिर्ता नभए आन्दोलन गछौँ ।’ उनले राती राती काम हुँदा काममा समेत विश्वास नभएको बताए । ‘राती काम हुन्छ, ‘उनले भने, ‘अरु सबै ठाँउमा दिउँसो हाम्रो यहाँ राती किन ?’ राती काम गर्दा मसला कमजोर हाल्ने उनको दाविछ । लालझाडी गाँउपालिका १ का वडाध्यक्ष खेमानन्द रानाले गुणस्तहिन काम गर्न नपाईने बताउदै वडाबाट यस्तो कार्य स्वीकार नहुने बताए । अध्यक्ष रानाले काममा खेलवार्ड गर्न नपाईने बताउदै गलत कार्य रोकिने बताए । निर्माण व्यवसायी नरेन्द्र बस्नेतले भने गुणस्तहिन ईटा प्रयोग नभएको बताए । ‘त्यहाँ गुणस्तहिन ईटा प्रयोग भएका छैनन, ‘उनले भने, ‘खाली हल्ला मात्रै हो ।’

स्थानीय नेताहरुलाई विकास नचाहिएकाले उनीहरुले निर्माण व्यवसायीलाई अनेकन आरोप लगाईरहेको बताए । राती काम नभएको दावि गर्दै उनले विद्यालयका अध्यक्षसंग समन्वय गरेर बिहान ५ः४२ देखि राती ८ बजेसम्म समयमै सम्पन्न गर्नका लागि काम गर्ने बताए । ‘खराब ईटा आएका भए, फिर्ता गछौँ, ‘उनले भने, ‘हामीबाट गलत काम हुँदैन, ईटाभट्टाबानटै त्यस्तै ईटा पठाईदियो ।’ निर्माण व्यवसायी बस्नेतले विश्वास नभए निर्माण स्तलमा २४सै घण्टा अनुगमन गर्न समेत आग्रह गरेका छन् । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले गुणस्तहिन ईटा फिर्ता गराएर स्तरिय काम गराउने बताए । ‘काममा खेलवार्ड गर्न पाईदैन, ‘उनले भने, ‘कसैले अनावश्यक ठेकेदारलाई चर्टर दिन पनि मिल्दैन् ।’ निर्माणाधिन भवनको अनुगमन गरिने बताए ।

ताजा समाचार

This will close in 10 seconds