जनताको पिर मार्का बुझन माननिय रावल जनताको घर देलौमा

कञ्चनपुर
जनताको पिर मार्का बुझन माननिय रावल जनताको घर देलौमा पुगेका छन््। आफुले चुनावमा गरेको बाँचा पुरा गर्न र जनताको वास्तीवक पिडा बुझ्न जनताको घर दैलोमा पुगी उनीहरु सँगैं वसेर उनको पिडा बुझदै आएका छन् ।
डडेल्धुरा जिल्लाको सुगम स्थानिय तह परशुराम नगरपालिका–७को दुर्गम बस्ती मलासको विकासकालागि पहल गर्ने सुदूरसुदूरपश्चिम प्रदेशका पुर्व उद्योग पर्यटन, बन तथा वातावरर्ण राज्य मन्त्री एवं प्रदेश सभासद प्रकाश रावलले बताए ।
बुधबार परशुराम नगरपालिकाको वडा नं. ७ ले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै पुर्व राज्य मन्त्री तथा सांसद रावलले सो कुरा बताएका हुन ।

‘यो क्षेत्रको हावापानी संग राम्रो संग म परिचित छु, तपाईहरु ढुक्क हुनुहोस भौतिक मन्त्री ज्यू संग पनि कुरा गुर्छु । यस क्षेत्रको विकासको लागि सक्दो पहल गर्छुु ।’, पुर्व राज्य मन्त्री एवं सांसद रावलले भने ‘यहाको विकासको पुर्र्वाधार निर्माणको लागि प्रदेश सरकारसंग सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गर्छु ।’ पुर्व राज्यमन्त्री रावले जनताका दुख पिरमर्का बुझ्नको लागि नै आफु गाँउ घरमा आएको बताए । उनले मलास बासिका पिर मर्का र आवश्यकता के छन भनी बुझ्न तथा गाँउ ठाँउको विकासका लागि के कस्ता योजना आवश्यक छन भनी छलफलका लागि आफु त्यस ठाँउमा पुगेको बताए ।

‘मलासबासीका समस्या के छन र यस क्षेत्रको विकासका लागि के कस्ता योजनाको आवश्यकता पर्दछन भनी यस गाँउमा आएको हु ।’, पुर्व राज्य मन्त्री एवं सांसद रावलले भने ‘तपाईको क्षेत्रमा सडकको ट्रयाक त रहेछ तर मोटर गाडि गुड्न समस्या रहेछ यसको लागि प्रदेश सरकार संग पहल गर्छु ।’ कार्यक्रम परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशव बोहराको अध्यक्षतामा भएको थियो भने संचालन यदुराज पाण्डेयले गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds