लसुनको बेर्ना र किसानलाई फिल्र्डमै तालिम

कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानलाई लसुनको बेर्ना र फिल्डमै तालिम दिईएको छ । स्वीट नेपाल कंञ्चनपुरले बेदकोट नगर क्षेत्रका किसानलाई लसुनको बेर्ना र फिल्डमै तालिम दिईएको हो । स्वीट नेपाल, युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत बुधबार बेदकोट ७मा रहेका १५ जना लक्षित समुदायलाई बेर्ना तालिम दिईएको छ ।

नगरप्रमुख असोक बहादुर चन्दले समुदायमै गई लसुनको बेर्ना हस्तान्तरण गरेका थिए । नगरप्रमुख चन्दले सबै वडालाई पकेट क्षेत्र बनाउने कार्यक्रम अन्र्तगत लसुन बितरण गरिएको र सबै वडालाई फरक फरक तरकारीमा पकेट क्षेत्र बनाउने बताए । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीले सबै किसानले कृषि क्रान्तिमा होमिनुपर्ने बताए । स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा लसुन वितरण तथा तालिम भएको थियो ।

१५ किसानलाई ६० किलोका दरले लसुन बितरण गरिएका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले बताउनु बताए । किसान राधिका डगौराको ३ कटटा जमिनमा नमुनाका लागी लसुन खेती लगाउने तरिका, मल तथा त्यसका प्रयोग हुने बिधिहरुको बारेमा प्रशिक्षक तथा बेदकोट नगरपालिका कृषि शाखाका प्रमुख बिर बहादुर कुवर र नाप्रस देवराज बडुले प्रशिक्षण दिएका थिए ।

ताजा समाचार