काँग्रेस नेता धामीको ठेकेदारलाई टेलिफोन

‘हुलाकी सडक धुलाम्मे भयो, जनस्वाथ्यमा ख्याल गरि दैनिक पानी छर्किदिनुहोस’ पुर्वपश्चिम जोड्ने हुलाकी सडक स्तरोन्नती हुँदैछ । हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलडाँडी–दैजी सडकखण्डको समेत स्तर बृद्धि भईरहेको छ । सो खण्डमा बेस बिछाईन लागेको छ, अहिले कोरोना महामारीसंगै सडक धुलाम्मे भएको छ । दुई प्राङग्रे सवारी साधनमा आवत जावत गर्ने यात्रु धुलाम्मेका कारण जोखिममा परेका छन् ।

कोरोना महामारीका बेला धुवाधुलैबाट बाँच्न स्वास्थ्यकर्मीले नागरिकलाई सुझाव दिईरहेका छन, तर सो सडकमा अनिवार्य यात्रा पर्ने सरकार कर्मचारी, सहितका अत्यावश्यक काम परेका नागरिक स्वास्थ्यका दृष्ट्रिकोणबाट उच्च जोखिममा छन् । सडक सुधार भएपनि धुलाम्मेका कारण कोरोना जोखिम बढ्ने स्वाथ्यकर्मीको चिन्ता छ । सडकको समस्यमा मध्य नजर गर्दै स्थानीय समेत रहेका काँग्रेस कञ्चनपुरका नेता जनक सिह धामीले निर्माण कम्पनीका पदाधिकारीसंग सिधा टेलिफोन गरेर धुलाम्मे सडकमा पानी छर्किन आग्रह गरेका छन् ।

‘नमस्कर म जनक सिह धामी स्थानीय तथा काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य हुँ, ‘नेता धामीले टेलिफोनमा आफ्नो परिचय दिदै भने, ‘कृपया यदीबेला कोरोना महामारी चलिरहेको छ, एकातिर तपाई आफ्नो जिम्मेबारीमा हुनुहुन्छ, ठिक छ, धुलाम्मे सडकले रुघाखोकी लाग्ने अन्य रोग सहित कोरोना संक्रमण बढ्ने भएकाले दैनिक सडकमा पानी छर्किनुदिनुप¥यो ।’ अहिले विषम परिस्थितिको सामना गर्नका लागि समेत निर्माण कम्पनीका तर्फबाट सहयोग गरिदिन आग्रह गरे । काँग्रेस नेता धामीको आग्रहमा निर्माण कम्पनीका प्रतिनिधीले जनगुनासो जायज भएकाले यस विषयमा कम्पनीमा छलफल गरिने प्रतिकृया दिए ।

ताजा समाचार