छोराको स्मृतिमा बृद्धआश्रममा फलफुल वितरण

कञ्चनपुर

छोराको स्मृतिमा कञ्चनपुरका एक जोशी परिवारले बृद्धआश्रममा फलफुल एव राशन वितरण गरेका छन । भीमदत्त नगरपालिका २ उल्टाखाम सिद्धनाथ टोलका एव समाजसेवि महेश दत्त जोशीको परिवारले बेदकोट नगरपालिका ८ रौटेलामा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा फलफुल तथा खाद्यान्न वितरण गरेको हुन । बुधबार बिहान जोशी परिवारले धाममा बस्दै आएका असाहय जेष्ठ नागरिकलाई छोरा धर्मराज जोशीको स्मृतिमा फलफुल (केरा स्याउ), खाद्यान्न तर्फ चामल, चिनी चियापत्ती लगायतका खाद्यान्न सहयोग गरेका छन् ।

स्व.धर्मराजकी आमा बसन्ती जोशी, भाई किर्सन जोशी, दिदी निर्मला, बहिनी शारदा, छोरा मिलन, पियूस, भुवन, भान्जी नेहा, जिज्ञासुले फलफुल वितरण गरेका थिए । उनीहरु आफैले बृद्धबृद्धालाई फलफुल वितरण गरेका थिए, भने खाद्यान्न समितिलाई हस्तान्तरण गरेका थिए । यस अघि पनि जोशी परिवारले छोराकै स्मृतिमा महाकाली बाल अञ्चल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई समेत फलफुल वितरण गरेका थिए ।

उल्टाखामका समाजसेवि समेत रहेका महेश दत्त जोशीकी जेष्ठ सुपुत्री निर्मला जोशी(भट्ट)ले भाई धर्मको स्मृतिमा आत्मा शान्तीका लागि वेसाहारा नागरिकलाई फलफुल खाद्यान्न वितरण गरिएको बताए । कालाङगा हाईड्रोपावर जल विद्युत उत्पादक कम्पनीमा कार्यरत युवा धर्मराजको १४ असोजमा ३९ उमेर अल्पआयुमै निधन भएको थियो । पुर्व नेवि संघ नेता समेत रहेका धर्मराजको स्मृतिमा घर परिवारले आफ्नो पीडालाई थाँति राखेरपनि असाहय नागरिकको दुखमा साथ दिदै छन् ।

ताजा समाचार