लिपुलेक लिम्पीयाधुरा भू–गोलका लागि जनजागरण अभियान संचालन गरिने

भारतले हडप्न खोजेको नेपाली भूमि लिपुलेक लिम्पीयाधुराको भूगोलाका लागि जन जागरण अभियान संचालन गरिने भएको छ । समाजवादी राष्ट्रिय मञ्च नेपालले लिपुलेकको भूमिका लागि जागरण अभियान ल्याउने भएको हो ।

मञ्चले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालको नक्सामा लिपुलेक लिम्पीयाधुरा लगायतको भू भाग थपगरि नक्सा प्रकासन गर्ने कार्य सकारात्मक भएपनि भूमि प्राप्तीका लागि कुटनैतिक पहल गर्न र एमसीसीको खारेज ीगर्ने काममा सरकार जिम्मेबार नदिएको आरोप लगाउँदै दवावमुलक कार्यक्रम एव खबरदारीका लागि जनजागरण अभियान संचालन गर्ने भएको जनाएकोछ । मञ्चले कोडिभ १९का नाममा भ्रष्टाचार भएको दावि गर्दै बेरोजगारका लागि निःशुल्क पिसिआर चेकजाँचमा जोडदिएको छ ।

नेकपा माथिको प्रतिबन्धको घोर बिरोध गर्दै प्रतिबन्ध हटाउन माग अघि सारेको छ । मञ्चका अध्यक्ष देवि दत्त पाण्डेय र महासचिव माधव विष्टले संयुक्त रुपमा गरेको विज्ञप्तीमा नेपालीको हित र जन चाहना अनुरुप सरकारलाई खबदारी गर्दै राष्ट्रघाती कदम भ्रष्टचार बिरुद्ध आन्दोलनको चेतावनी दिएको छ ।

ताजा समाचार

This will close in 10 seconds