कोरोना रोकथामका लागि स्वचालित सेनिटाईजर मेसिन निःशुक जडान

सुवर्ण प्रशाद जोशी/कञ्चनपुर

कोरोना महामारी रोकथामका लागि निजी क्षेत्रबाट समेत प्रयास भएको छ । कञ्चनपुरका एक उद्योगीले कोरोना रोकथामका लागि भिडभाँड हुने अस्पताल सहित सरकारी तथा गैर सरकारी कार्यालय संघ सस्थामा स्वचालित सेनिटाईजर मेसिन निःशुल्क जडान गरिदिएका छन् । बेलौरी नगरपालिका १०शिवनगरमा रहेको स्नेहा सोप एण्ड केमिकल इण्डटस्ट्रीज प्रालिले जिल्लाका सरकारी कार्यालय सुदूरपश्चिम प्रदेश, अस्पताल लगायत भिडभाँड हुने सरकारी कार्यालयमा स्वचालित सेनिटाईजर मेसिन निःशुल्क जडान गरिदिएको हो ।

महाकाली अस्पताल, आँखा अस्पताल, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व, सुदूरपश्चिम संसद कार्यालय लगायतका बढि भिडभाँड हुने क्षेत्र, स्थानमा सेनिटाईजर मेसिन जडान गरेको हो । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका स्नेहा सोप एण्ड केमिकल इण्डटस्ट्रीज प्रालिका प्रबन्ध निर्देशक पिलाम्बर जोशीले समाजिक उत्तरदायित्व अनुरुप सेनिटाईजर मेसिन जडान गरिदिएको बताए । ‘यो महामारीमा नागरिकलाई कसरी बढि भन्दा बढि सुरक्षित राख्न सकिन्छ, भन्ने हाम्रो पनि दायित्व हुन्छ, ‘उनले भने, ‘मानिसको बढि चहलपहल हुने स्थानमा जडान गरिदिएको हुँ ।’ जोशीले अस्पताल, सरकारी कार्यालय सहितका सार्वजनिक क्षेत्रमा सेनिटाईज जडान गरेसंगै सेवाग्राही नागरिकलाई कार्यालय प्रवेस गर्दा र बाहिर आउँदा हात सेनिटाईजर गर्न सहज भएको छ ।

स्नेहा सोप एण्ड केमिकल इण्डटस्ट्रीज प्रालिले सेफ नामक सेनिटाईजर समेत उत्पादन गरिरहेको छ । स्थानीय उत्पादन भएकाले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षा समाग्री कञ्चनपुरमै उत्पादन भईरहेको छ । महामारी रोकथामका लागि गरिएको लकडाउनका बेला उद्योगी जोशीले गरिब विपन्न बस्ती एव विद्यार्थी असायकलाई निःशुल्क सेनिटाईजर, मास्क समेत वितरणका साथै पालिकामा समेत सहयोग गरेका थिए ।

ताजा समाचार