सेती महाकाली राष्ट्रिय समाजवादी मञ्चको अध्यक्षमा पाण्डेय

कैलाली

विभिन्न वाम विचार बोकेका सेती महाकाली राष्ट्रिय समाजवादी मञ्चको अध्यक्षमा देविदत्त पाण्डेय चयन भएका छन् । धनगढीमा सम्पन्न भएको वाम विचारधारा राख्ने बुद्धिजिवीको भेलाले अध्यक्षमा पुराना कम्यूनिष्ट नेता पाण्डेलाई चयन गरेको हो । दिगो विकास र सम्बृद्धिका लागि वाम घटक विचारधार समुह धुव्रीकरण भएको मञ्चका नव चयन भएका कोषाध्यक्ष डम्बर विष्ट(दयालु)ले बताए ।

कोषाध्यक्ष विष्टका अनुसार मञ्चको उपाध्यक्षमा शंकर खडका, महासचिव माधव विष्ट, सचिव कलसा महरा धर्म नेगी चयन भएका छन् । सदस्यहरुमा मोहन मिश्र, तुलसी धामी, मिन भण्डारी, लोकेन्द्र साउद, नरेन्द्र भाट, पुष्कर सिह विष्ट, प्रकास कठायत, दमन नेपाली, दिल ब. साउद, लक्ष्मण भण्डारी, अशोक भण्डारी, डम्बर विष्ट, विष्णू ओखेडा चयन भएका छन् ।

ताजा समाचार