गौरीफन्टा डोकेबजार सीमा क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष

लाल ब. एसके /पुनर्वास
नेपाल–भारत अन्र्तराष्ट्रिय सीमा नाकामा संयुक्त नागरिक सहायता कक्ष स्थापना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । दशैँ तिहारका बेला समस्यामा परेका दुवै देशका नागरिकको उद्दारका लागि सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिएको हो ।

मंगलबार एक कार्यक्रमका विच पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापाले संयुक्त नागरिक सहायता कक्षको उद्घाटन गर्दै चाडवार्डका बेला सीमा क्षेत्रमा हुने घटना रोक्नुका साथै आपतविपद्मा परेका दुवै देशका नागरिकको उद्दारमा जुट्न संयुक्त प्रयास आवश्यक रहेको औल्याए ।‘अहिले कोरोना महामारी पनि छ, सीमा क्षेत्रमा जोखिम पनि बढेको छ, ‘मेयर थापाले भने, ‘यसैबेला दुवै देशका सुरक्षा निकायले जो जुन देशको नागरिक भएपनि सहयोग गर्नुपर्छ ।

’ हेल्पडेस्क स्थापनासंगै डोकेबजार क्षेत्रमा ५० लाख लागतमा होल्डिङ्ग सेन्टर स्थापना गरिने मेयर थापाले बताए । हेल्पडेक्समा नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट एसएसबीले संयुक्त डियूटी गर्नेछन् । दशैँ, दिपावली र छठसम्म संयुक्त नागरिक सहायता कक्ष संचालन हुने छ । नागरिक सहायता कक्ष स्थापनासंगै सीमा क्षेत्रमा चलखेल गर्ने विचौलिया तह लाग्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार