केरा खेती सम्बन्धी योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न

कञ्चनपुर

आर्थिक बर्ष ०७७र०७८ को केरा खेती सम्बन्धी योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आईतबार मुख्यमन्त्री नमूनाकृषि गाँउ(केरा) कृषक समन्नय समीति तिलकपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुवै उद्योग पर्यटन, बन तथा वातावरर्ण राज्य मन्त्री एवं प्रदेश सभासद प्रकाश रावलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष पुर्ण बहादुर साउदले गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि भीमदत्त नगरपालिका वडा नं। ७, ८, ९ र १० का वडाध्यक्ष रहनु भएको थियो । त्यसैगरी विशिष्ठ अतिथिमा कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत डा. दिल बहादुर बिष्ट, निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट, माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुरका प्रमुख दल बहादुर खड्कालगायतका मान्यजन रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य केरा किसान प्रेम सिह ठगुन्नाले राखेका थिए ।

मुख्य मन्त्री नमुना गाउँ समन्वय समितिका अध्यक्षले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा नमुना गाँउ कार्यक्रम बनाउनमा ठूलो योगदान गरेकोभन्दै कार्यक्रममा कृषी ज्ञानकेन्द्रका सरुवा भएर जानुभएका निवर्तमान निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट, माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर कार्यालयका प्रमुख दल बहादुर खड्का, कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख डा. दिल बहादुर विष्ट लगायतका चार जना व्यत्तित्व सम्मानित भएका थिए ।

कार्यक्रममा पुर्व मन्त्री प्रकाश रावल, कृषिज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख डा. दिल बहादुर विष्ट, माटो तथा मल परिक्षण केन्द्रका कार्यालय प्रमुख दल बहादुर खड्का कृषि ज्ञान केन्द्रका पुर्व निमित्त प्रमुख रामचन्द्र भट्ट र किसानको तर्फबाट जेष्ठ किसान पदम बहादुर बमले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महादेव भट्टले गरेका थिए ।

ताजा समाचार