पुनर्वास स्वास्थ शाखा पिसिआर पोजेटिभ व्यक्तिको विषयमा बेखबर भएको भन्दै स्थानीयद्वारा नगरपालिका घेराउ

हरिलाल जोशी / पुनर्वास
केहि दिन अघि कोरोनाका कारण कोहलपुर मेडिकलमा उपचारका क्रममा मृत्यु भएकी पुनर्वास-२ ईट्टा भट्टी लाईन कि २८ वर्षीया शारदा बोगटीको परिवार , आफन्त र टोलबासीहरुले पुनर्वास नगरपालिका घेराउ गरेका छन् । बुधबार मृतक महिलाको घरका चार सदस्यलाई कोरोना देखिएपछि स्वास्थ शाखा बेखबर भइ कुनैपनि रेखदेख र प्रतिक्रिया नदिएको भन्दै बिहिवार उनका परिवार , आफन्त र टोलबासीले सबैको पिसिआर र नाबालक दुई बच्चाको भरणपोषणको जिम्मा सरकारले लिनुपर्ने भन्दै नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।
नगरपालिका घेराउ गर्न पुगेका उनीहरुलाई नगर प्रमुख जिवनराज थापाले पिसिआर र नाबालक दुई बच्चाको भरणपोषणको लागि सक्ने भन्दा बढि नै सहयोग नगरपालिकाबाट गर्ने बताए । नगर प्रमुख थापाले स्वाब परिक्षणका लागि आवश्यक पर्ने भिटिएम नगरपालिकासंग पर्याप्त नभएका कारण टोलका पुरै व्यक्तिको पिसिआर गर्न नसक्ने तर प्रत्यक्ष सम्पर्कमा रहेका घरका एक जना सदस्यहरुको पिसिआर परिक्षण केहि दिनभित्रै गर्ने जानकारी दिए ।
नगर प्रमुखको प्रतिबद्धता पछि मृतकका परिवारले पुनर्वास स्वास्थ्य शाखा स्थानीयको स्वास्थ्य प्रति गम्भिर हुनुपर्ने भन्दै सरकारले बच्चाको भरणपोषण र पिसिआर परिक्षण गरिदिनुपर्ने विषयमा हस्तलिखित निवेदन नगरपालिकामा दर्ता गरि समझदारीमा नगरपालिकाबाट फर्किएका हुन् । आक्रोशित हुदै नगरपालिका घेराउ पुगेका स्थानीयहरुलाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्टका प्रहरी टोली तैनाथ रहेका थिए ।

ताजा समाचार

This will close in 10 seconds