सांसद धामीको पहलमा दैजी जोगबुडा, बंक नाईल सडकको अवरोध हट्यो

कञ्चनपुर

सांसद नरबहादुर धामीको पहलमा कञ्चनपुरदेखि डडेल्धुरा जोड्ने दुई सडकको अवरोध हटेको छ । सडक निर्माणमा इआईएका कारण रोकिएको काम धामीको पहलमा सुचारु हुने भएको हो । कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य धामीको पहलमा कञ्चनपुरदेखि डडेल्धुरा जोड्ने दुई सडकको अवरोध हटेको हो ।

सांसद धामीको पहलमा दैजी लिप्ना जोगबुडा सडक र बुडर नाईल बंक सडकको काम सुचारु हुने भएको छ । सांसद धामीले दुवै सडकको अवरोध हटाउनका लागि वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गरी अवरोध भएको सडकको काम सुचारु हुने भएको छ । उक्त सडकको प्राविधिक अवरोध हटाइएको हो । सांसद धामीको सचिवालयका अनुसार दुवै सडक क्षेत्रमा पर्ने रुख विरुवा, र भोकाधिकार अब पुर्वाधार विकास कार्यालयले गर्ने छ । प्राविधिक अवरोधका कारण दुवै सडकको काम रोकिएको थियो ।

अवरोध हटाउन पहल गरेपछि भौतिक पुर्वाधार कार्यालय कञ्चनपुरका तर्फबाट कार्यालय प्रमुख धिरेन्द्र भट्ट र वन तथा भूसंरक्षण विभाग काठमाडौंका तर्फबाट उपसचिव सुजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सांसद धामीको पहलमा कञ्चनपुरदेखि डडेल्धुरा हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने दुई सडकको अवरोध हटेसँगै सडक निर्माणले गति पाउनेछ । झण्डै ४ वर्षदेखिको निर्माण कार्य अवरोध हटेसँगै सडक निर्माणको कार्य दु्रत गतिमा अगाडी बढ्ने भएको छ । सांसद धामीले निर्वाचनका बेला दुवै सडक सुचारु गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

ताजा समाचार