बेलौरी सडकमा प्रदेश सरकारको नाटक, बन्दै नबनेको सडक मन्त्रीद्वारा रिबन काटेर उद्घाटन गरेको सडक फुट्दै

लाल ब. एसके/बेलौरी 
यस अघि ०७३ सालमा संघ सरकारबाट ठेक्का भएको सडक प्रदेश सरकारले उद्घाटन गरेर नाटकसम्म देखायो, तर ठेकेदारलाई काम गर्न लगाउन सकेन् । ०७४ मा संघबाट प्रदेश सरकारमा आएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठान सिह बोहराले उद्घाटन गरेर जनतामा भ्रम छर्ने काम गरे । २१ मंसिर ०७६ मा प्रदेशका भौतिक मन्त्रीले उद्घाटन गरेर निर्माण कार्य शुरु गरिएको सडकमा पहिलो लेयर मात्रै बिछ्याउँदा छियाछिया भएको छ । तामझामका साथ अलपत्र परेको सडक कालोपत्रेका लागि रिर्वन कोटेर नाटक मञ्चन गरेका मन्त्रीले ठेकेदारलाई न काम लगाउन सके न ठेकेदारले सम्झौता अवधिमा काम गरेका छन् ।
मन्त्रीले अलवपत्र परेको सडक उद्घाटन गर्दै ठेकेदारलाई समयमै काम गर्न चेतावनीयुक्त निर्देशन दिएपनि सम्झौता सकिएको चार महिना वितिसक्दा पनि सडक अधुरै छ । उक्त सडक खण्ड अन्र्तरगत कलुवापुर जंगलदेखि दक्षिण ११.५ किलोमिटर कालोपत्रेका लागि बैशाख मसान्त ०७७ सम्म गरिसक्नुपर्ने सम्झौता प्रदेश सरकारसंग सम्झैता भएको थियो । तर, सम्झौता अनुसार काम नगरेको स्थानीय बताउँछन् । बेलौरीका स्थानीय समाजसेवि बलदेव सिह बुढालले सडकको दायाँबाया ढल निकास हुनुपर्ने बताए । आरसिसि गरेको स्थानमा माटो भरान हुनुपर्ने बताए ।
इमान्दारितापुवर्क काम हुनुपर्ने उनको भनाई छ । बन्साहका स्थानीय एव क्रान्तिकारी माओवादीका नेता राम महरा(चिन्तक)ले ११. ५ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि मन्त्री, संसद सहितका जनप्रतिनिधीले जनतामा भ्रम छार्नका लागि रिर्बन काटेर बन्दै बनेको सडक उद्घाटन गरेर उदाङलो चरित्र देखाएको बताए । ‘सम्झौता अनुसार एक किलोमिटर पनि सडक कालोपत्रे भएको छैन, ‘उनले भने, ‘बरु कालोपत्रेका लागि पहिलो चरणकोा लेयर सबै भत्किसकेको छ ।’
कुनैपनि योजना शुरुवात गर्दा शिलान्याय गरिन्छ, तर प्रदेशका मन्त्रीले संचालन भएको योजना अधुरै हुँदा उद्घाटन गरेर नयाँ संस्कार बसालेको उनको बुझाई छ । उक्त सडक कालोपत्रेका लागि स्थानीय आन्दोलित भएका थिए, त्यही स्थानीयलाई झुक्याउनका लागि प्रदेश सरकार मतियार बनेको उनको आरोप छ । काम कम गर्ने तर बढि देखाउने गर्दा उक्त सडक सुधार नहुँदा जनता मारमा परेका छन् । सन्तोषी थेगिम जेभीले वाणि–देखतभूली सडकखण्ड कालोपत्रे निर्माणमा समेत चरम लार्पबाही गरेको थियो ।
कृष्णपुरका स्थानीय एव नेकपा नेता अर्जुन साउदले निर्माण कम्पनीले ठेक्का हत्याएर काम नगरेपछि ०७५ सालमा ठेकेदारलाई घेराबन्दी गरेर काम गर्न प्रहरीमा कागज गराएर सडक निर्माण गरिएको बताए । ‘ठेक्का लिएर काम अलपत्र छाडेको थियो, ‘उनले भने, ‘हामी गाँउले मिलेर ठेकेदार शुनिल थापालाई घेराबन्दी गरे, प्रहरीमा कागज बनाएर छाडे ।’ निर्माण गरेको ७ किलोमिटर सडक पनि भत्किन शुरु भएको बताउदै उनले नाला समेत निर्माण नगरिएको बताए । ‘ठेक्का लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई प्रदेश सरकारले दया देखायो, ‘उनले भने, ‘काम नगर्ने ठेकेदार कार्बाही परेनन्, उल्टै उनीहरुलाई धमाधम ठेक्का दिलाईयो ।’ पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी भुपेन्द्र धामीले सन्तोषी थेगिम जेभीले प्रकृया अनुसारै दुई ठेक्का पाएको बताए । ‘सार्वजनिक खरिद ऐन नियमावली अनुसार उनले सबैभन्दा कम मुल्य पेश गरेको थियो, ‘सुचना अधिकारी धामीले भने, ‘त्यही अनुरुप सबै कागजात प्रकृया पुरा गरेको हुनाले ठेक्का पाएको हो ।’
प्राविधिक विषय पुरै पुरा गरेकै कारण उनको ठेक्का पारित भएको सुचना अधिकारी धामीको भनाई छ । ‘सडक डिभिजनबाट सडक र पुलका ठेक्का पाएर अलपत्र छाडेको विषय हामीले पनि सुनेका थियौँ, ‘उनले भने, ‘कागजी प्रकृया पुरा गरेकाले उनकै पक्षमा ठेक्का भयो ।’ काम पाएर पनि काम नगर्ने ठेकेदारलाई जानी जानी फेरी दुई दुई ठेक्का दिने कार्य भत्र्सनायोग्य र घुसपैठ भएको केही ठेकेदारको आरोप छ । कञ्चनपुरका केही निर्माण व्यवसायीले सेटिङ्ग मिलाएर ठेक्का हत्याएको छ ।

ताजा समाचार