बेलौरी सडक निर्माणमा घात गर्दै ठेकेदार पाँच बर्षमा पनि सडकको उस्तै अवस्था

लाल ब एसके /कञ्चनपुर

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी सडक झन झन थलिदै गएको छ । बेलौरीदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग जोड्ने बेलौरी–कलुवापुर सडक सुधारको साटो थलिदै गएको हो । उक्त सडक कालोपत्रे बनाउने जिम्मा पाएको निर्माण कम्पनी सन्तोषि थेगिम जेभीले सडक निर्माणमा लार्पबाही गर्दा सडक सुधार भएको छैन् । विगतमा पुरै ग्राभिलिङ्ग रहेको सडक केही कालोपत्रे गरेपनि भत्किएर झन थलिदै गएको छ । केही बर्ष अघि कालोपत्रे गरिएको बेलौरी बजार र कलुवापुर क्षेत्रको कालोपत्रे समेत भत्किएको छ ।

गत बर्ष मात्रै निर्माण कम्पनीले स्थानीयको दवाव पछि निर्माण गरेको बन्साह क्षेत्रको खण्डपनि भत्किएर ग्राभिलिङ्ग भन्दा झन समस्याग्रस्त भएको छ । सडक स्तरोन्नती नहुँदा तेब्बर सयम र जोखिमपूर्ण यात्रा गर्नुपर्ने जनतालाई बाध्यता रहेको छ । बेलौरी कलुवापुर (मदन आश्रित) सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरबको योजनामा राखेपछि प्रदेश सरकारले ठेकेदार तह लगाउन सकेको छैन् । निर्माण कम्पनीले (बेलौरी–कलुवापुर) सडक कालोपत्रेमा पनि घात गरेको छ । सन्तोषि थेगिम जेभीले १७ भदौँ ०७३ मा सडक डिभिजन कार्यालयबाट ठेक्का पाएर १५ जेठ ०७५ मा झण्डै २८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का पाएको थियो । दुई खण्डमा ठेक्का पाएको कम्पनीले पहिलो खण्ड ८ करोड ३ लाख र दोस्रो खण्ड १० करोड १७ लाखमा ठेक्का पाएपनि सो सडक अलपत्र छाडेको छ ।

ठेक्का सम्झौता सकिएको दुई बर्ष वितिसक्दा पनि निर्माण कम्पनीले कामै गरेको छैन् । सडक सुधारका लागि स्थानीयले पटक पटक आन्दोलन गरेपनि निर्माण कम्पनीले आन्दोलनरत पक्षलाई भुलाउन काम गर्ने प्रतिबद्धता जाहेर गर्ने तर, नगर्ने प्रवृतिले बेलौरी कलुवापुर सडकखण्ड अलपत्र पर्दै आएको छ । बेलौरी नगरपालिका ४ का वडाध्यक्ष अर्जुन ढकालले ठेकेदारले अति नै लार्पर्बाही गरेको बताए । ‘म्याद भित्र काम गर्न सकेन, ‘उनले भने, ‘म्याद थप हुँदा पनि ठेकेदारको ताल उस्तै छ ।’ सडक सुधार नहुँदा हिउँदमा हिलाम्मे र बर्षातमा धुलाम्मे हुँदा जोखिम बढद्ै गएको बताए । जिल्ला जोड्ने मुल सडकको स्तरोन्नतीमा ठेकेदारको लार्पर्बाहीले यात्रु लगायत व्यवसायी मारमा परेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले बताए ।

‘सडकको अवस्था उस्तै छ, ‘उनले भने, ‘सुधार कहिले हुने हो, थाहा छैन् ।’ बेलौरी कलुवापुर सडक संघर्ष समितिका सचिव रामचन्द्र काफ्लेले बच्चापनदेखि उस्तै रहेको सडक कालोपत्रेका लागि ठेक्का भएको सुन्दा खुसी लागेपनि अहिले आएर ठेकेदार कम्पनीले वेवास्ता गरेको बताए । ‘ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको छ, ‘उनले भने, ‘अब हामी प्रतिक्षा गर्ने पक्षमा छैनौँ ।’ बेलौरीका स्थानीय समाजसेवि बलदेव सिह बुढालले सडकको दायाँबाया ढल निकास हुनुपर्ने बताए । आरसिसि गरेको स्थानमा माटो भरान हुनुपर्ने बताए । इमान्दारितापुवर्क काम हुनुपर्ने उनको भनाई छ । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले थपिएको म्याद भित्र काम सम्पन्न गर्नका लागि निरन्तरता दिनुपर्ने बतए । सडक स्तरोन्नतीका लागि पटक पटक प्रदेश र संघीय सरकारमा दवावका लागि गएको स्मरण गर्दै म्याद भित्र काम नगरेर ठेक्का बदर गरिने चेतावनी दिए । ‘निर्माण कम्पनीले अति नै गरिक्यो, ‘मेयर चौधरीले भने, ‘अन्तिम पटक थपिएको म्याद भित्र काम नगरे, कार्बाहीको स्थानीय सरकार नै अग्रसर हुन्छ ।’ स्थानीय एव नेकपा सत्तारुढ दलका नेता एव जनप्रतिनिधीले ठेकेदार कम्पनीलाई समयमै काम गर्नका लगि घचघच्याईरहेका छन् । नेकपा स्थानीय नेता खेम सुवेदीले दक्षिणको मुल सडक सुधार हुन नसक्दा आर्थिक, समाजिक एव साँस्कृतिक बृद्धि विकासमा बाधा पुगेको बताए ।

‘यो दक्षिण जोड्ने मुल सडक हो, ‘यस सडक निर्माणमा ठेकेदारले बदमासी गरेको छ, ‘उनले भने, ‘पाँच बर्षसम्म पनि निर्माण पुरा हुन सकेन् ।’ ठेकेदार कम्पनीले आन्तरिक समस्या हल गर्दै गम्भिरतापुर्वक सडक निर्माणमा जिम्मेबारी देखाउनुपर्ने बताए । ‘सरकारी निकायबाट कम्पनीले काम गरेको भुक्तानी दिनुपर्छ, ‘उनले भने, ‘कुनै समस्या भए हामीलाई भन्नुहोस, तर काममा बहाना नगर्नुहोस ।’ संविधान सभा सदस्य कृपाराम रानाले सडक स्तरबृद्धिका लागि आफुहरुकै प्रयासबाट बजेट हालिएको बताए । ‘लार्पबाही गर्दा सडक बनेन, ‘उनले भने, ‘अहिलेसम्म जे भयो, ठिक छ, अब ढिलासुस्ती नगर्नुहोस ।’ विकासमा एकता नहुँदा समेत सडक निर्माणमा ढिलासुस्ती भएको बताए । पुर्वाधार कार्यालय कञ्चनपुरका प्रमुख धिरेन्द्र भट्टले सडक निर्माणमा कार्यालयका तर्फबाट ताकेता गरिने बताए । संघीय सरकारबाट ०७६ बैशाखमा मात्रै प्रदेशमा हस्तान्तरण गरिएको बताए । उनका अनुसार हाल सडकको प्रगति ६०प्रतिशत मात्रै सम्पन्न भएको छ । म्याद भित्र काम नभए कार्बाही प्रकृया अघि बढाईने बताए । सन्तोषि थेगिम जेभीले सम्झौता अनुरुप काम नभएको स्वीकार गरेको छ ।

सन्तोषी थेगिम भेभी कम्पनीका अध्यक्ष गंगगाराम सुब्बाले सडकको काम पुरा नहुनुमा कम्पनी दोषि रहेको बताउदै अब समयमै काम सम्पन्न गर्ने बताए । ‘काम गरे अनुरुप भुक्तानी पाईएन, ‘उनले भने, ‘त्यसपछि कोरोना लागिहाल्यो, अब समयमै सक्छौँ ।’ सुदूरपश्चिम प्रदेश सभा कुलबीर चौधरीले अब ठेकेदारलाई उन्मुक्ती नदिईने बताए । ‘अहिलेसम्म जे जे भयो, ठिक छ, ‘उनले भने, ‘लार्पबाहीका कारण सिङ्गो दक्षिणका जनताको भविष्माथि खेलवाड भयो ।’ प्रदेश सरकारले बजेटको अभाव हुन नदिने बताउदै प्रदेश सभा सदस्य चौधरीले कम्पनीले अन्य स्थानमा प्रयोग भएका स्रोत साधन ल्याएर समयमै काम गर्नुपर्छ ।’

ताजा समाचार