कृषि ज्ञान केन्द्र कंचनपुरमा भट्टको विदाई र विष्टलाई स्वागत

कंचनपुर

कृषि ज्ञान केन्द्र कंचनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टको विहिवार विदाई गरिएको छ । नयाँ कार्यालय प्रमुखका रुपमा डाक्टर दिल बहादुर विष्ट कंचनपुर आएपछि उनलाई एक कार्यक्रमका बीच भव्यताका साथ विदाई गरिएको हो । यसका साथै नयाँ कृषि ज्ञान केन्द्र कंचनपुर प्रमुख विष्टलाई सोही कार्यक्रममा स्वागत गरिएको छ ।

विगत एक वर्षदेखि निमित्त प्रमुखका रुपमा रहेका भट्टले यहाँ रहदाँ कार्यालयको सेवाप्रवाह र गरिखाने किसानका लागि सकारात्मक कार्यहरु गर्दै ज्ञान केन्द्रको छविलाई माथि उकास्न प्रयास गरेको किसान अगुवा तथा स्थानीयहरुको मूल्यांकन रहेको देखिन्छ । यद्यपि, उनकै कार्यकालमा भ्रष्टाचारको आरोप लगाउदै कतिपय किसानका नाममा चरिखाने र जालीहरुले आफू विरुद्ध षड्यन्त्र बुनेको तथा छुटा मुद्दा अख्तियारमा दायर गरेको विदाई भएर डडेल्धुरा कृषि ज्ञान केन्द्र प्रमुखका रुपमा जाँन लागेका भट्टको दावी छ। ‘‘गरिखाने र चरिखाने दुई थरी उपभोक्ता छन्, चरिखानेका विरुद्धमा लाग्दा आत्तिएर आफूलाई छुटा मुद्दा फसाउन खोजे’’ उनले आफूहरुले कंचनपुरमा विधि र पद्धति बसाउन खोजेको भन्दै त्यसको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

यस्तै, कार्यक्रमका सभापति समेत रहेका नयाँ कंचनपुर कृषि ज्ञान केन्द्र प्रमुख विष्टले विदाई भएका भट्ट कार्यक्रममा विदाई भएका निमित्त भट्टलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र कंचनपुरका जनक सिंहले गर्नुभएको थियो । सिंहले आफूले एक दशकमा सबैभन्दा उत्कृष्ट तथा मिलनसार प्रमुखसँग काम गर्ने अवसर पाएको भन्दै उनले भट्टको नेतृत्वमा कंचनपुरमा विभिन्न किसान मैत्री कामहरु भएको र कृषि क्षेत्रको विकासका लागि उदाहरणीय भूमिका खेल्नु भएकोमा धन्यवाद तथा बधाई ज्ञापन गर्दै अगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

साथै उक्त अवसरमा धानसुपर जोन कंचनपुरकी प्रमुख सन्जु रिमाल जोशी,अगुवा किसानहरु, कृषि सहकारीका प्रतिनिधिहरु, ज्ञानकेन्द्रका कर्मचारी, संचारकर्मी लगायतका कृषि सँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएकाहरुको समुपस्थितिमा डा विष्टको स्वागत र भट्टको विदाई कार्यक्रम सम्पन्न भएको थियो

ताजा समाचार