नेपाल फोटो पत्रकार महासंघ कंचनपुर शाखाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

कंचनपुर

नेपाल फोटो पत्रकार महासंघ कंचनपुर शाखाको दोस्रो बार्षिक साधारणसभा महेन्द्रनगमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । बुधबार नेपाल फोटो पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष पुष्कर भट्टको सभापतित्वमा दोस्रो साधारणसभा प्रमुख अतिथिमा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द भएको छ ।

बुधबार भएको दोस्रो वार्षिक साधारण सभा बाट महासंघका गतिविधिलाई थप चुस्त दुरुस्त एवम प्रभावकारी बनाउन विभिन्न स्थानिय तह बाट थपने निर्णय गरियो । त्यसैगरी तिन जना नयाँ सदस्यता थप गरेको छ । जसमा खडक रावल, भुपेन्द्र ओली र राकेश दयाल रहेका छन् ।

उक्त कार्यक्रममा शाखाका अध्यक्ष पुष्कर भट्ट ज्यु को सभापतित्वमा सुरु भएको कार्यक्रममा वेदकोटनगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्य रहेको थियो भने नेपाल पत्रकार माहासंघका कंचनपुर जिल्लाका अध्यक्ष विष्णु अवस्थी, प्रेश चौतारीका अध्यक्ष कर्ण बहादुर चन्द, प्रेस युनियन कंचनपुरका अध्यक्ष अमर बहादुर चन्द लगायत फोटो पत्रकारका जिल्ला सदस्यको उपस्थिति रहेको थियो !

ताजा समाचार