पुनर्वासमा एकैदिन आठ जना कोरोना संक्रमित थपिए

हरिलाल जोशी/पुनर्वास

सुदुरपश्चिममा ६९ जना संक्रमित बढेसँगै कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकै दिन आठ जनामा कोरोना पोजेटिभ देखिएको छ । असोज १९ गते ४२ जनाको स्वाब परिक्षण गरिएकोमा बुधबार ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेहरुमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ३१ वर्षिय पुरुष र १७ वर्षिय महिला प्रहरी , पुनर्वास नगरपालिकाका प्राविधिक ,पुनर्वास–८ का ५५ वर्षिय पुरुष र कोरोनाका कारण मृत्यू भएकी पुनर्वास–२ की २८ वर्षिय सुत्केरी महिलाको परिवारका ४ जना सदस्य गरि आठ जना रहेको पुनर्वास नगरपालिकाकी जनस्वास्थ्य अधिकृत कञ्चन नेपालीले जानकारी दिईन ।

नगरपालिकाको तथ्यांक अनुसार पुनर्वासमा हालसम्म १ सय १८ जनामा कोरोना संक्रमित देखिएकोेमा अहिले २१ जना मात्रै कोरोना संक्रमित रहेको र अन्य व्यक्तिहरुलाई निको भईसकेकोे छ ।

ताजा समाचार

This will close in 10 seconds