बेलौरी नगरपालिकाद्वारा समन्वय नगरि होम क्वारेन्टाईनमा नबस्न आग्रह

बेलौरी 

बेलौरी नगरपालिकाले वडासंग समन्वय नगरि होम क्वारेन्टाईनमा नबस्न आग्रह गरेको छ । अहिले भारत लगायत तेस्रो मुलुकबाट आएकाहरु धमाधम वडासंग समन्वय नै नगरि होम क्वारेन्टाईनमा बस्न थालेको भन्दै नगरपालिकाले त्यसो नगर्न आग्रह गरेको छ ।

मंगलबार बेलौरी नगरपालिकाले सार्वजनिक गरेको कोडिभ १९ रिर्पोटमा वडा कार्यालयसंग समन्वय नगरिकनै होम क्वारेन्टाईनमा बसिरहेको जनाएको छ । बेलौरी नगरपालिका कोडिभ १९ संयोजक मान बहादुर चन्दले समन्वय नै नगरि घरमा बस्दा जोखिम बढ्ने भएकाले अनिवार्य होम क्वारेन्टाईनको फारम भर्न समेत आग्रह गरेका छन् । आफुखुसी होम क्वारेन्टाईन बस्नेहरुको पिसिआर निःशुल्क परीक्षण गर्न नसकिने जनाईएको छ । भने प्रकृयागत रुपमा होम क्वारेन्टाईन बसेर कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरिएको छ ।

बेलौरीमा ८ सय ९३ परीक्षण मध्ये ८ सय २८को नेगेभिट र ६५जनामाा मात्रै कोरोना देखिएको छ । अधिकाँस सबै निको भईसेका छन् । आईसोलेशनमा ५ जना बाहेक सबै निको भएर घर गएका छन् । भने २५जना क्वारेन्टाईनमा रहेका छन् । बेलौरी नगरपालिका कोरोना रोकथामको अग्रमोर्चामा रहेकाले कोरोना महामारीको शिकार बनेका छैनन् ।

ताजा समाचार

This will close in 10 seconds