सीमावर्ती बस्तीमा विवाद झिक्दै एसएसबी

कञ्चनपुर

कञ्चनपुरको सीमावर्ती गाँउ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले विवाद झिकेको छ । महाकाली नगरपालिका ८ सुन्दरनगर दशगजा क्षेत्रको सडक उपभोगको विषयमा एसएसत्रीले विवाद झिकेको हो । सडक अवरोध गरेपछि नेपाली स्थानीय बिरोधमा उत्रेका छन् । एसएसबीको ज्यादती भन्दै स्थानीयले बिरोध गरेका छन् । स्थानीयका अनुुसार कहिले सीमा, कहिले सडक केही न केही विषय अघि सारेर एसएसबीले सो क्षेत्रमा विवाद झिक्दै आएको छ ।

एसएसबी र स्थानीय विच विवाद बढ्दै गएपछि झडपको अवस्था सृजना भएको छ । घटना स्थलमा जनप्रतिनिधी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायले घटना बारे बुझिरहेका छन् । एसएसबीले जहिले पनि विवाद झिक्दै आएको स्थानीय पदम बहादुर पुनले बताए । अहिले विवादको विषयको विषयमा नेपाली र भारतीय पक्षविच छलफल भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds