केम्पो खुकुरी मार्सल आर्ट्स संघको नेतृत्व यूवा नेता मल्ललाई

डडेल्धुरा

नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ डडेल्धुराको जिल्ला समिति गठन गरिएको छ । आईतवार नेकपा डडेल्धुराका यूवा नेता भरत मल्लको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।

अध्यक्ष मल्ल रहेको केम्पो संघमा उपाध्यक्ष रमेश शाह, सचिब मोहन बहादुर बोहरा, कोषाध्यक्ष मनिषा धामी रहेका छन् भने सदस्यहरुमा पुष्कर देउवा, दिपक भट्ट, गणेश ऐर, लक्ष्मण खाती,सन्जना पाठक, पुजा भण्डारी रहेका छन् । यस्तै अन्य सदस्यहरु अनिल बोहरा, महेश बुढाऐर, आयुश शाही , कैलाश बिक्रम भण्डारी र राजकुमार खड्का लगायत संघमा चयन भएको अध्यक्ष मल्लले जानकारी दिए ।

नवगठित केम्पो संघका अध्यक्ष मल्लले आफूले संस्थाको विकास र जिल्लामा मार्सआर्ट खेलको विकासमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे

ताजा समाचार