छोराको स्मृतिमा अनाथ बालबालिकालाई फलफुल कञ्चनपुर

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामका स्थानीय समाजसेवि महेश दत्त जोशीले छोराको स्मृतिमा अनाथ बालबालिकालाई फलफुल वितरण गरेका छन् । समाजसेवि जोशीको एकमात्र पुत्र धर्मराज जोशीको स्मृतिमा महेन्द्रनगरको महाकाली बाल अञ्चल अनाथालयमा बस्दै आएका अनाथ बालबलिकालाई फलफुल वितरण गरेका   हुन् ।

आईतबार समाजसेवि जोशीका छोरीद्वय शारदा बोहरा(जोशी), भुनेश्वरी पाण्डेय (जोशी)ले अनाथालयका शिक्षक शंकर दत्त जोशीलाई फलफुल हस्तान्तरण गरेका थिए । आफ्नो सन्तान गुमाएर शोकमा परेको जोशी परिवारले अभिभावक गुमाएका सन्तानलाई फलफुल वितरण गरेका हुन् । कालाङ्गा हाईड्रो पावर बझाङ्गमा कार्यरत उल्टाखाम निवासी ३८ बर्ष धर्मराजको १४ असोजमा आकस्मिक निधन भएको थियो । धर्मराजको निधले घर परिवार, आफन्त एव साथिभाई शोकमा परेका छन् ।

ताजा समाचार

This will close in 10 seconds