पुनर्वास नगरपालिका ९ को वडा भवन निर्माण दोषीलाई कारबाही गरेर निर्माण कार्य पुनः सुचारु हुँदै

लाल ब. एसके / पुनर्वास

कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ को वडा भवन निर्माणमा कमसल ईट्टा प्रयोग गर्ने रश्मि बिल्डर्श कम्पनी र अन्य यस सँग जोडिएका दोषीलाई कार्बाही हुने भएको छ। लागत स्टिमेट १ करोड ३२ लाख ६ हजार अन्ठाउन रुपैयाँ रहेको भवनको ८९ लाख ५२ हजार ४७ रुपैया बिलोमा २०७८ अषाढ १५ गतेभित्र सम्पन्न गर्ने गरि भवन निर्माणको जिम्मा पाएको भिनपा–६, कञ्चनपुर स्थित रश्मी विल्डर्स प्रा.लि.ले कमसल ईट्टाको प्रयोग गरेको पाएपछि प्रा.लि र यदि दोषी देखिए प्राबिधिकलाई पनि कार्वाही हुने भएको हो ।

स्थलगत अनुगमन र अन्य विभिन्न तथ्यका आधारमा प्रा.लिले ध्यान नदिएर काम गर्दा गल्ती गरेको देखीएको बताउदै नगरपालिकाले कार्वाही गर्न लागेको नगर प्रमुख जीवन राज थापाले बताउनु भयो । नगर प्रमुख थापाले अहिले सम्म लगाएको सबै भित्ता भत्काईने र पुनः प्रा.लिलाई निर्माण गर्न लगाउने तथा यसको लागि पुरै खर्च प्रा.लि आफैले ब्यहोर्ने गरि कार्वाही गरिएको बताउनु भएको छ । साथै उहाँले अब वडाले निरन्तर निगरानीका लागि एक जना मान्छे राख्ने तर प्राबिधिकको त्यसमा संलग्नता देखिएमा निर्माणको कुनै पनि जिम्मा नदिई कार्यालय तान्ने गरि कार्वाही गरिने बताउनु भएको छ ।

स्थानीयको खबरदारीलाई धन्यवाद दिदै प्रमुख थापाले आगामी दिनमा पनि यसै प्रकारले खबरदारी गर्न अपिल गर्नु भएको छ। उँहाले कुनै पनि अनियमितता आफुले स्वीकार नगर्ने बताउदै त्यस्तो पाईएमा तुरुन्त नगरपालिकाले कार्वाही गर्ने जिकिर गर्नु भयो। त्यस्तै वडा अध्यक्ष नारायण प्रसाद जैशिले स्थानीय सँगै आफै त्यहा प्रत्यक्ष गएर निर्माण कार्य रोकेको बताउदै खबरदारी गर्ने वडाबासिलाई धन्यवाद दिनु भएको छ। उँहाले कमसल इट्टाको प्रयोग गर्ने प्रा.लि लाई वडाको तर्फबाट कार्वाहीको माग गरेकोमा नगरपालिकाले तुरुन्त सुनुवाइ गरेकोले वडाबासीको लागि यो ठूलो उपलब्धि भएको बताउनु भयो।

उँहाले अब वडाले २४ सै घण्टा प्रत्यक्ष निगरानी गरेर निर्माण कार्य अगाडि बढाउने पनि बताउनु भयो। यस प्रकरण बारे उता नगरपालिकाका प्राबिधिक लालमान तामाङ सँग बुझ्दा २ चरण ईट्टा झर्दा सम्म राम्रै ईट्टा आएको देखेको र बाकी ईट्टा पनि सोहि अनुसारको आउने बिश्वासका कारण आफुले धोका खाएको बताउनु भयो। उँहाले आफूले भवन निर्माण मापदण्ड अनुरुप बनाउन प्राबिधिकको रुपमा खटिदा खटिदै पछिल्लो पटक ईट्टा खसाल्दा कार्य ब्यस्तताले आफू जान नपाएकोले ईट्टा राम्रै होला भनेर फोन बाट निर्देशन दिदा गल्ती भएको स्वीकार गर्नु भएको छ। साथै उँहाले स्थानीयले समयमै निगरानी गरेर गलत हुनबाट रोकोमा स्थानीयलाई समेत धन्यवाद दिएका छन । तर रश्मी विल्डर्स प्रा.लि.ले भने स्थानीयहरुको आफ्नै किचलोका कारण प्रा.लिलाई दोष लगाएको बताएका छन। प्रा.लिले आफुले मापदण्ड र नियम अनुसार नै काम गरेकोमा बिबिध कारण बस प्रा.लिलाई आक्षेप लगेको बताएको छ। प्रा.लिले ईट्टा कमसल हो कि होईन सुनिश्चित गर्न प्रयोगशाला मा चेक गर्नु पर्ने समेत माग गरेको छ।

आम मानिसले प्रत्यक्ष रुपमा देखेका छन ईट्टा कमसल नै प्रयोग भएकोछ भनेर नगरपालिका समेतले स्वीकार गरिसक्यो भन्ने प्रश्नमा प्रा.लिले केही ईट्टा हाल्दा गल्तीले परेको स्वीकार गर्दै सबै ईट्टा कमसल भनेर भन्नु दुःखद भएको बताएको छ। त्यसरी आकाश ईट्टा उद्योगका संचालक दिनेश बि.कले ट्राली सिधै चिम्नी भित्र लगेर ईट्टा हाल्दा केही ईट्टा प्ररेको हुनसक्ने भन्दै गल्ती स्वीकार गरेका छन । उनले नियतबस त्यस्तो नभएको बताउदै सिधै चिम्नी बाट हाल्दा ईट्टा नछानेको कारण त्यस्तो भएको स्पष्ट पारेका छन । निर्माणाधीन भवनमा कमसल ईट्टा प्रयोग गरेको देखेपछी स्थानीयले ठेकेदारलाई कार्वाही गर्नुपर्ने माग गर्दै निर्माण कार्य अबरुद्ध गरेका स्थानीयले भने दोषीलाई कार्वाही गरि यथाशीघ्र काम शुरु गर्न माग गरेका छन ।

सुरु देखि नै खबरदारी गर्दै आएका स्थानीय करण एडिले दोषीलाई कार्बाही गरि आगामी दिनमा पुन ः यस्ता कार्य नदोहोरिने सुनिस्चित गरेर मात्र निर्माण कार्य सुचारु गर्नु पर्ने माग गरेका छन । उनले वडा भवन सबैको पायक पर्ने ठाउँमा बन्न लागेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि स्थानीयको नजिकबाट निगरानी हुने बताए। त्यसरी नै स्थानीय नर बहादुर सुनारले पनि दोषिलाई कार्वाही गरि यथाशीघ्र कार्य सुचारु गर्न माग गरेका छन। वडाबासिको प्रत्यक्ष सेवा सुविधा सँग जोडिएको भवन निर्माण कार्यको प्रत्यक्ष निगरानी अब स्थानीय स्वयंले समेत गर्ने बताएका छन।

ताजा समाचार