बेलौरीमा नयाँ प्रहरी प्रमुखको आगमन, अपराध शुन्य पार्ने नागरिक सामु प्रतिवद्ध

लाल बहादुर एस के/बेलौरी

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी निरीक्षकको स्वागत गरिएको छ । बेलौरी इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल कुमार खडकालाई आज एक कार्यक्रमका विच स्वागत गरीएको छ । प्रमुख खडकाले बेलौरी इलाका प्रहरी कार्यालयको जिम्मेवारी समाल्दै यस क्षेत्रमा हुने अपराध, तस्कर शुन्य पार्ने प्रतिवद्ध राख्दै प्रहरीले गर्नुपर्ने पुरा जिम्मेवारी बहन गर्ने जनाउनु भयो ।

आए बेलौरी इलाका प्रहरी कार्यालयले आयोजना गरेको परिच्यात्मक कार्यक्रममा बोल्दै खडकाले यहाँका नागरिकहरु संग हातेमालो गर्दै अपराध शुन्य पार्ने बचन दिनु भयो । खुल्ला सिमाका कारण बेलौरी क्षेत्रमा अहिले सम्म अपराध नरोकिन सकेको भन्दै स्थानीयहरुले गुनासो गरे पछि प्रहरी निरीक्षक खडकाले जनताको साथ भए यो समस्या सामाधन गरेरै छोड्ने बताउनु भयो । बेलौरी नगरपालिकाकी उपमेयर तथा न्यायीक समितिकी संयोजक चित्रा चौधरीले भने शान्ती सुरक्षाका लागि प्रहरीले अझै कडाइका साथ जानुपर्ने भन्दै आफ्नो जिम्मेवारी पुरागर्नुपर्ने जनाए । कार्यक्रममा बेलौरीका वडाअध्यक्षहरु, लालझाडीका अध्यक्षहरु, नागरिकहरुको बाक्लो उपस्थििति रहेको थियो ।

ताजा समाचार