डा. गोबिन्द केसीको जिवन रक्षाको लागि पत्रकार सम्मेलन गर्दै जनवाहिनी नेपाल

कञ्चनपुर/असोज १७ गते
कोरोना भ्रष्टाचार, डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा. केसीको माग सम्बोधन हुनु पर्ने, एमसीसीको खारेजी हुनु पर्ने, भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जनवाहिनी नेपालका केन्द्रीय संयोजक शिरोमणी ओझाले बताउनु भयो ।

वर्तमान सरकारको नक्कली राष्ट्रवादी कोरोना भ्रष्टाचार, डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रम लगायतको विषयमा कुम्भकर्ण सरकारलाई जगाउन सम्बाद क्लब नेपाल काठमाडौमा आयोजित खबरदारी कार्यक्रम गरेको संयोजक ओझाले बताउनु भयो ।

ताजा समाचार