डा. केसीको जीवन रक्षाको लागि कञ्चनुरमा विरोध प्रर्दशन

कञ्चनुर
अहिले देश भरी डा. गोबिन्द केसीको जिवन रक्षाको लागि प्रर्दशन भैरहको बोला कञ्चनपुरमा पनि केसीको जिवन रक्षाको लागि प्रर्दशन भएको छ । मेडिकल माफियाको अन्त्यको लागि आफ्नो जिवनको प्रवाह नगरी निरन्तर अनशनमा बसि आन्दोलन गरिराख्न भएका डा. गोबिन्द केसीको जीवन रक्षाको निम्ति र पछिल्लो समयमा देसमा हुँदै गरेका हत्या, हिंसा, बलात्कार, भष्ट्राचार, अन्याय, अत्याचार, दलाली लगायत हरेक खाले समष्याहरुका विरुद्ध कंचनपुर जिल्लामा सचेत नागरिकहरुद्वारा व्यापक बिरोध गरिएको छ । चम्मन चोकबाट निकलेको ¥याली मदन चोकमा कोण सभामा परिर्वतन भएको थियो ।

हामी नेपाली हाम्रो नेपालको संयोजक हिरा बोहराको संयोजकत्वमा भएको कार्यक्रममा डा. गोबिन्द केसीको माग जायज भएकोले उनको माग पुरा गर्न र उनको जीवन रक्षाको लागि सिघ्र अति सिघ्र सम्बोधन गर्नु पर्ने देशमा दिन प्रतिदिन बढ्दै गएको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अन्याय, अत्याचार नियन्त्रणमा लिई देशमा शान्ति सुरक्षा कार्यम गर्नु पर्नेमा संयोजक हिरा बोहराले जोडद्वार माग गरे ।

न्याय, सुसासन, समानता, भ्रष्टाचार, अन्याय, अत्याचार विरुद्धको लडाईमा निरन्तर आफुहरु लागि रहेको र सबै मिलेर हातेमालो गरी देशबाट हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अन्याय, अत्याचार जस्ता कुराको निर्मुल पार्न सबै लाग्नु पर्ने अखिल कान्तिकारीका पुर्व जिल्ला अध्यक्ष नरेन्द्र भाटले बताउनु भयो ।

ताजा समाचार