राप्रपा कञ्चनपुरको पार्टी समायोजन

कञ्चनपुर 

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरको पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ ।राप्रपा र राप्रपा संयुक्तविच एकिकरण भएसंगै कञ्चनपुरमा पनि शुक्रबार पार्टी समायोजन भएको हो । राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्यद्वय धर्मराज जोशी, तिर्थलाल चटौत, राप्रपा कञ्चनपुर अध्यक्ष पूर्ण बहादुर चन्द, राप्रपा संयुक्त शेर बहादुर चन्द, राप्रपा युवा नेता गजेन्द्र चन्द, हरिहर पण्डेय लगायतका नेता कार्यकर्ताको उपस्थितिमा समायोजन कार्यक्तम सम्पन्न भएको थियो ।

राप्रपा नेता कार्यकर्ताले पार्टी एक ढिक्का भएर देश र जनताको हितमा काम गर्नुको विकल्प नभएको बताएका छन । जनताको सेवाका लागि नेता कार्यकर्ताले व्यक्तिगत काम थाँति राखेर भएपनि आम कार्यकर्ताको भावना र मर्म अनुरुप संचालनमा जोडदिएका छन् ।

ताजा समाचार