सिएमजी क्लबद्वारा प्रहरीलाई गस्ती गर्न साईकल

कञ्चनपुर

नेपाल प्रहरीलाई गस्ती गर्नका लागि सिएमजी क्लबले साईकल सहयोग गरेको छ । सिएमजी क्लबले समाजिक उत्तरदायित्व भन्दै सुदूरपश्चिम प्रदेश प्रहरीलाई साईकल सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमका विच सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र शाहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई हस्तान्तरण गरेका छन् ।
सिएमजी क्लबका प्रबन्ध निर्देशक शाहले समाजिक उत्तरदायित्वका लागि प्रहरीलाई गस्ती गर्नका लागि देशका विभिन्न जिल्लामा एक सय साईकल वितरण गरिएको बताए ।

जस अनुसार कञ्चनपुरमा समेत १० थान साईकल प्रहरीलाई दिईएको छ । साईरन, लाईट सहित नेपाल प्रहरी लेखिएको स्पेशल साईकल वितरण गरिएको हो । जनताको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीलाई गाँउबस्ती एव शहरमा गस्तीका लागि साईकल वितरण गरिएको निर्देशक शाहले बताए । प्रबन्ध निर्देशक शाहले क्लबले विभिन्न घटना परिघटनाका बेला समाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले क्लबबाट प्राप्त साईकलले प्रहरीलाई गस्तीमा मदत पुग्ने बताए ।

डिआईजी सुवेदीले कञ्चनपुरमै रहने साईकल दुर्गम बस्तीमा गस्तीका लागि पठाईने र अपराध न्यूनिरणका लागि प्रयोग हुने बताए ।

ताजा समाचार

This will close in 10 seconds