बैकल्पिक शैक्षिक प्रणालिको अवलम्बन गर्दै लालझाँडी गाउपालिका

भोजराज भट्ट / लालझाँडी
लालझाँँडी गाउपालिका कोरोना माहामारिका कारण थला परेको शिक्षा क्षेत्र लाई कसरी सुधारोन्मुख बनाउने भन्ने सम्बन्धी सरोकारवालाहरुको बृहत् बैठक सम्पन्न भएको छ । वडा न ६ स्थित रामेस्वर मावी, चानदेव ६ लालझाँडी कंचनपुर को सभाहलमा बसेको बैठकमा गाउपालिका अध्यक्ष, पालिका स्थित सम्पुर्ण बिद्यालयका प्रधानाध्यपक, शिक्षा शाखाका सम्पुर्ण कर्मचारी र विभिन्न बिषयका शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वडा न. ६ का अध्यक्ष फुलाराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा गाउपालिका अध्यक्ष मदन सेन बडायकको प्रमुख आतिथ्यता रहेको थियो ।

केन्द्रको निर्देशन अनुसार पाठ्यक्रम परिमार्जन गरि विभिन्न बिकल्पहरु अवलम्बन गर्दै पढाइ सहजिकरण गर्ने उद्देश्यले गाउपालिकाले पाठ्यक्रम सन्दर्भ सामग्री बनाउन लागेको एवम शिक्षा साखा प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो । गाउपालिका भित्रको दरबन्दी मिलान, हरेक विद्यालय हाता भित्र साबुन पानी सहितको हात धुने कक्षको ब्यवस्थापन, पाठ्यक्रमको ढाँचा परिवर्तन सहितको सन्दर्भ सामग्रीको बारेमा बृहत् छलफल भएसगैं अहिले सम्मका उपलब्धी र शिक्षा सम्बन्धी आगामी कार्ययोजनाका बारेमा पनि छलफल भएको छ ।

कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्ष बडायक ले शिक्षा क्षेत्र माहामारिका कारण धरासायि बनेकोले सबै पक्षले साथ र सहयोगका साथ अब नयाँ किसिमले सिकाइ सहजिकरण गर्न तत्पर हुनुपर्ने र बिद्यालय र सम्बन्धित बिषयका शिक्षकहरुले दिनुभएका रचनात्मक सुझावहरुलाइ आत्मसाथ गर्दै आगामी दिनमा बिद्यालयलाई थप ब्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । वातावरण र शिक्षा सम्बन्धमा वातावरण बिज्ञान का बिद्यार्थी भोजराज भट्टले विशेष प्रस्तुती पनि राख्नुभएको थियो । कार्यक्रम समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष फुलाराम चौधरीले बिद्यालय र स्थानिय निकायको समन्वयमा बिद्यार्थीको सिकाइ प्रकृयालाइ निरन्तरता दिन आफुहरु तत्पर रहेको प्रस्ट पार्नुभयो ।

ताजा समाचार