दुई प्रहरी सहित कञ्चनपुरका बुधबार एक्काईस जनामा कोरोना

कञ्चनपुर
कञ्चनपुरमा दुई सुरक्षाकर्मी सहित एक्काईस जनामा कोरोना देखिएको छ । बुधबार सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको तथ्याङक अनुसार कञ्चनपुरका पाँच स्थानीय तहका २१ जनामा कोरोना पोजेटिभ भएको विवरण सार्वजनिक गरेको थियो । जसमध्ये जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी रहेका छन् । दुई प्रहरी बाहेक अन्य सबै भारतबाट आएका स्थानीय तहले जनाएका छन् । भीमदत्त नगरपालिका ११, बेदकोट नगरपालिका ४, शुक्लाफाँटा नगरपालिका १, कृष्णपुर नगरपालिका २, पुनर्वास नगरपालिका ३ जनामा कोरोना देखिएको थियो । इलाका प्रहरी कार्यालय झलारीमा कार्यरत प्रहरी जवान र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरिक्षक रहेको प्रहरीले पुष्टी गरेको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता दुई जना प्रहरीमा कोरोना देखिएपछि उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाएको बताए । पुनर्वास नगरपालिका स्वास्थ्य संयोजक राम सिह धामीले कोरोना देखिएका तीनै जना होम आईसोलेशनमा बसिरहेको बताए । ‘तीनै जनाले आफै स्वाब दिएका थिए, ‘स्वास्थ्य संयोजक धामीले भने, ‘उनीहरुको स्वास्थ्य अवस्था ठिक छ ।’ भीमदत्त नगरपालिका स्वास्थ्य संयोजक नरेन्द्र राज जोशीले प्राविधिक त्रृटीबस भीमदत्त नगरपालिकामा ११ जना देखिएपनि ५ जना मात्रै संक्रमित रहेको बताए । कृष्णपुर नगरपालिका ७ नम्बर वडामा देखिएका दुवै युवक होम आईसोलेशनमा छन् । कृष्णपुर नगरपालिका अनुसार दुवै जनाले आफैले चेकजाँच गरेका थिए । उनीहरुको अवस्था समान्य रहेको छ । राष्ट्रिय वाणिज्य बैंक बेलौरीले बुधबारदेखि सात दिनसम्म सेवा बन्द गरेको छ । बेलौरी शाखा कार्यालय संगै रहेको बैक अफ काठमाण्डौँमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि बैंकका अन्य कर्मचारीको रिर्पोटका लागि स्वाब संकलन गरिएको छ । रिर्पोट नआउँजेलसम्मका लागि कार्यालय बन्द गरिएको छ । बुधबार कोरोना देखिएका मध्ये ९ जना महाकाली अस्पतालमा आएका छन् ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले कोरोना पोजेटिभ देखिएका प्रहरी सहित ९ जना उपचारका लागि आएको बताए । उनीहरुको आईसोलेशनमा राखेर उपचार भईरहेको छ । स्वास्थ्य अवस्था पनि समान्य रहेको अध्यक्ष जोशीले बताए । 

ताजा समाचार