विद्युतका प्राधिकरणका कर्मचारी चोरी तस्करी, अवैध गतिबिधीमा संलग्न

कञ्चनपुर
नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी चोरी तस्करी र गैर कानुनी गतिबिधीमा संलग्न भएको पाईएको छ । विद्युत प्राधिकरण कैलाली कञ्चनपुरमा कार्यरत ज्यालादारीमा कार्यरत कर्मचारी चोरी, तस्करी र गैर कानुनी गतिबिधीमा संलग्न भएको पाईएको हो । विद्युत प्राधिकरण धनगढी कैलालीमा कार्यरत प्राविधिकद्वय प्रदिप राना र बेलौरी कञ्चनपुर वितरण केन्द्रमा कार्यरत धन बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार पुनर्वास नगरपालिका ३ आईबिआरडी क्षेत्रबाट विद्युतका अवैध समान तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका धन बहादुर चन्द र आइतबार लालझाडी गाँउपालिका ४ पर्सियाबाट अवैध काठ सहित पक्राउ परेका प्रवेस राना दुवै विद्युत प्राधिकरणमा प्राविधिकका रुपमा कार्यरत कर्मचारी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले पर्सिया सःमिलबाट अवैध काठ र आईबिआरडी क्षेत्रबाट पक्राउ परेका दुवै जना विद्युत प्राधिकरणमा प्राविधिक पदमा कार्यरत रहेको बताए । सःमिलका संचालक रानालाई अवैध काठ सहित र चन्दलाई बिद्युतका समान तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता थापाले बताए । ‘सःमिलमा अवैध काठ थियो, ‘उनले भने, ‘हामीले काठ सहित मानिस पक्राउ गरेर ल्याए ।’ ६० यूफिट अवैध काठ बरामद गरि डिजिवन वन कार्यालयमा बुझाएको थियो । मिल संचालक राना नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीमा कार्यरत रहेको प्रवक्ता थापाले बताए ।

यस्तै भारतबाट चोरी तस्करी गरि अवैध रुपमा नेपाल भित्र्राईरहेको अवस्थामा विद्युतीय समाग्री सहित पक्राउ परेका धनी चन्द नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलौरीमा कार्यरत कर्मचारी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले चन्दलाई भारतीय नम्बर प्लेटको मोटरसाईकलमा बिजुलीका समान तस्करी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । चन्दको साथबाट ७० हजार बराबरको मोटरसाईकल सहित समान बरामद गरि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाईएको छ । ‘अवैध रुपमा विद्युतीय समान तस्करी गर्ने पनि विद्युतकै कर्मचारी रहेछन, ‘प्रवक्ता थापाले भने, ‘काठ र विद्युतीय समानमा गैर कानुनी काम गर्ने दुवै कर्मचारी ज्यालादारीमा कार्यरत रहेछन् ।’ दुवैलाई कार्बाहीका लागि सम्बन्धीत निकायमा पठाईएको प्रहरीले जनाएको छ ।

सरकारी निकायमा कार्यरत जिम्मेबार कर्मचारी नै गैर कानुनी गतिबिधीमा संलग्न भएपछि उनीहरुमाथि कडा कार्बाहीको माग अघि सारिएको छ । नैतिकता गुमाएर पैशाको पछि दौड्नेहरुले कर्मचारीको ओज मर्यादा गुमाएर गैर कानुनी गतिबिधीमा संलग्न भएको स्थानीयको भनाई छ । नेपाल विद्युत प्राधिकरणले अवैध गतिबिधीमा संलग्न भएर पक्राउ परेका कर्मचारीमाथि छानबिन हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलौरीका प्रमुख रमेश बजगाईले पक्राउ परेका कर्मचारीको घटनाको विषयमा बुझिरहेको बताए । ‘हामीले भर्खरै सुन्यौ, बुझेर अघि बढ्छौँ, ‘उनले भने, ‘जस्तोसुकै प्रकृतिको कर्मचारी भएपनि गैर कानुनी काम गर्न मिल्दैन् ।’

ताजा समाचार