बेदकोटका वडाध्यक्ष धामीमाथि साँघात्मिक हमला

कञ्चनपुर
कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि साँघात्मिक हमला भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा साँघात्मिक हमला भएको हो । उनको पेट र हातीमा चोट लागेको छ । धारिलो हतियार प्रहार गरि पेटमा घाउ भएको छ । अवेर साँझसम्म नगरपालिकामा बैठक थियो । कार्यालयबाट मोटरसाईकलमा घर फर्किने क्रममा क्षेत्रीय कृषि कार्यालयदेखि पुर्व कल्र्भट सडकमा हमला भएको छ ।
‘म मोटरसाईकल चढेर घर जाँदै थिए, ‘वडाध्यक्ष धामीले भने, ‘सडकमा ८/१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाड्ेनन, मास्कले चिन्न सकेन्, म ढले, त्यसपछि मलाई होस नै भएन, ‘सडकमा केटा थिए, तर मलाई महिलाले घर पु¥याएपछि होस आयो ।’ पेट दुख्न थालेपछि मात्रै पेटमा घाउ भएको देखेर घर परिवारले उनलाई महाकाली अस्पताल ल्याईएको थियो । पेटको घाउमा पाँच टाँका लागेका छन् । सरकारले सुन्दरपुर क्षेत्रको जमिनको विवाद ढुङ्गो लगाउने निर्णयसंगै आफुमाथि केही भूमाफिया समुहले युवक लगाएर हमला गर्न लगाएको वडाध्यक्षले बताए ।
‘अरु कोही होईन, मेरो वडाको विकास निर्माणको विषयमा कुनैपनि मानिस संग विवाद नै छैन, ‘अध्यक्ष धामीले भने, ‘मलाई यही भू माफिया समुहले सिध्याउन आक्र्रमण गरे ।’ घाईते वडाध्यक्ष धामीलाई भेट्न बेदकोट नगरका मेयर अशोक कुमार चन्द सहितका जनप्रतिनिधी, नेकपा नेता, एव स्थानीय आएका थिए । घरपरिवार, बेदकोटका जनप्रतिनिधीले धामीमाथि हमला गर्ने समुहको पहिचान गरि कार्बाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बारे अनुसन्धान भईरहेको बताए ।

ताजा समाचार

This will close in 10 seconds