भीमदत्त नगरपालिका वडा नं. ६ को कार्यालय द्धारा कोरोना महामारीमा गरेको खर्च बिवरण सार्वजनिक

कोरोना भाईरस कोभिड १९ को महामारी फैलिए पछी त्यसको रोकथामका लागी नेपाल सरकारले देश ब्यापीरुपमा चैत्र ११ देखी लकडाउन गरेको थियो । भीमदत्त नगरपालिका वडा नं. ६ ले पनि आफनो वडामा लकडाउनबाट वडा भित्र रहेका गरिव, असहाय र मजदुरहरुको छाक टार्न समस्या उत्पन्न भएकाले वडा अध्यक्ष हरक सिंह धामीको अध्यक्षतामा वडा स्तरिय खाद्य ब्यवस्थापन समिती गठन गरि राहत बितरण गरेको थियो ।

मंगलबार वडा नं. ६ का वडा अध्यक्ष हरक सिंह धामीले पत्रकार सम्मेलन गरि हाल बितरण गरेको राहत र सो मा गरिएको खर्चको आय ब्यय सार्वजनिक गरेका छन । वडा समितिले ७६८ र भीमदत्त नगरपालिकाबाट ३२० गरि जम्मा १०८० जनालाई राहत बितरण गरेको अध्यक्ष धामीले बताए । अब्यवस्थित रहेका क्वारेन्टाईनहरुमा बिजुलीबत्ती, खानेपानी, सौचालयहरु ब्यवस्थापन गरि संचालन गरेको र ०७७ साउन मसान्त सम्म १३८ जनालाई श्री शान्ती निकेतन मा.वि ऐठपुर तथा श्री त्रिवेणी आ. वि. ऐठपुरमा क्वारेन्टाईनमा राखी उनीहरुको पिसिआर परिक्षण गरि सुरक्षित रुपमा घर पठाएको जानकारी दिए । कोरोना महामारीका बिचमा संवेदनशिल हुनु पर्ने भीमदत्त नगरपालिकाले वडा कार्यालय संग सहकार्य नगरेको र असहयोग गरेको अध्यक्ष धामीको आरोप छ ।

नगरपालिकाले असहयोग गरे पछि दाताहरुबाट सहयोग संकलन गरेर स्थानिय र मजदुरहरुलाई राहत बितरण गरेको अध्यक्ष धामीले बताए । टोल विकास बाट संकलन गरिएको २ सय २८ गरि जम्मा ६ सय १३ जना र लाई राहत वितरण गरिएको उल्लेख छ । स्वदेश तथा विदेशमा रहेका नेपालीबाट नगद ५ लाख, ५६ हजार ४ सय ७६ रुपैया आम्दानी भएको छ । कुल आम्दानी ६ लाख ३० हजार, १ सय ९६ रुपैया आय व्यय भएको छ । यस्तै विभिन्न समाजिक तथा व्यक्ति, व्यवसायबाट खाद्यान्न समाग्री सहयोग भएको छ । ‘नगरपालिकाबाट असहयोगका विच पनि हामीले कोरोना रोकथामका लागि वडाबाटै पहल गरियो, ‘उनले भने, ‘वडालाई विभेद गरियो ।’ वडा कार्यालय, जनप्रतिनिधी, टोल विकास संस्था, शिक्षक बुद्धिजिवी लगायत स्थानीयको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रण आएको वडाध्यक्ष धामीको दावि छ ।

ताजा समाचार

This will close in 10 seconds