युवा तथा महिलाहरु लाई तीन महिने बेमौसमी तरकारी खेती


ब्रीटिस काउन्सिलको आर्थिक सहयोगमा निड्स नेपालको आयोजनामा गौरिगंगा नगरपालिका वडा न.१ का २० जना युवा तथा महिलाहरु लाई तीन महिने बेमौसमी तरकारी खेती (आइपिएम) तालिम दिने भएको छ ।
निड्स नेपालको संस्थापक कोषाध्यक्ष मन राज उपाध्यायको सभापतिमा र गौरिगंगा नगरपालिका वडा न १ का अध्यक्ष जगत राम चौधरीको प्रमुख अतिथिमा उद्धघाटन समारोह सुसम्पन्न गरिएको थियो। अतिथिमा दिपशिखा कृषी सहकारी संस्थाका अध्यक्ष हरि चौधरी रहनु भएको थियो।
कार्यक्रम संचालन निड्स नेपालकै फिड्स स्टाप सुजाता चौधरीले गर्नु भएको थियो। निड्स नेपाल का कार्यक्रम अनुगमन अधिकृत पुष्पा जोशी लगायत निड्स नेपालकै कार्यक्रम संयोजक बिनोद कडाराले कार्यक्रमको बारेमा प्रष्ट पर्नु भएको थियो।

Loading Viewer...

ताजा समाचार

spot_img