जन्मदिनमा अध्यक्ष थापाद्वारा खाद्यन्न सहयोग

कञ्चनपुर
नेपाल स्वयमसेवक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष नविन थापाले आफ्नो जन्मदिनको अवसरमा असाहय नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् । मंगलबार स्वयमसेवक संघ सुप प्रदेशका अध्यक्ष थापाले धनगढीमा रहेको दृष्ट्रिफाउण्डेशनमा बस्दै आएका असाहय नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन् ।
जन्मदिनका अवसरमा फजुल खर्च गर्नुभन्दा असाहय नागरिकलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष थापाले बताए । थापाले चामल, पिठो, तेल, नुन लगायतको खाद्यान्न सहयोग गरेका छन् । दृष्ट्रिफाउण्डेशनले यसरी जन्मदिनका अवसरमा सहयोग गरेको भन्दै थापाप्रति आभार प्रकट गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds