कृष्णपुरमा सडक सेवा शुल्कको विवाद

कृष्णपुर

सडक सेवा शुल्कको विषयमा कृष्णपुर नगरपालिकामा विवाद उत्पन्न भएकोछ । स्थानीय टेक्टर संचालकले नगरपालिकाले सडक सेवा शुल्कलाई डाढसेक्ने गरि लिएको भन्दै आइतबारदेखि आन्दोलन थालेका थिए ।
नगरपालिकाले सोमबारदेखि पाँच दिनसम्म ठेकेदारलाई सडक सेवा शुल्क नउठाउन निर्देशन दिएसंगै पाँच दिनका लागि विवाद साम्य भएपनि पूर्ण समाधान भने भएको छैन् । टेक्टर व्यवसायीले दोहोरो कर भन्दै हटाउनुपर्ने माग अघि सारेका थिए ।

नेपाली काँग्रेसले आन्दोलनलाई सर्मथन गर्दै टेक्टर किसानका माग सम्बोधन गरिनुपर्ने माग अघि सारेको छ । काँग्रेस कृष्णपुर नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै किसानले गरेको आन्दोलन मागप्रति ध्यानाकर्षण भएको जनाएको छ । किसानको माग सम्बोधन गर्नुको साटो दिनानुदिन समय टार्ने काम भएको भन्दै आपत्ति जनाएको छ । नगरको विधि विधान प्रक्रिया नपु¥याई मिलोमतोमा भरमा ठेक्का अगाडी बढाई ठूलो भ्रष्टाचार गरेको आंशका गरेको छ ।

‘आर्थिक प्रलोभनमा परि प्रक्रिया मिची सडक सेवा शुल्क सम्बन्धी गरेको ठेक्का प्रक्रिया तत्काल खारेजीको माग समेत गरेको छ । काँग्रेस कृष्णपुरका कार्यवाहक सभापति काशीराम भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा किसानका माग सम्बोधन नगरिए आन्दोलनको चेतावनी दिएकोछ । गुलरिया बजार व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर देउवाले किसानको मर्म अनुरुप स्थानीय सरकार संचालन हुन नसक्दा आन्दोलन भएको बताए । ‘किसानका माग सम्बोधन गर्नुपर्छ, ‘उनले भने, ‘

ताजा समाचार