अनियमित तरिकाले गरिएका कर्मचारी प्राध्यापकका नियुक्ती खारेजी गर : अनेरास्ववियू

कञ्चनपुर
सत्तारुढ नेकपा निकट अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा अवैध रुपमा कर्मचारी प्राध्यापक नियुक्ती गरिएको भन्दै खारेजीको माग अघि सारेको छ । सोमबार अनेरास्ववियू कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीलाई ज्ञापन पत्र बुझाउँदै अवैध रुपमा कर्मचारी प्राध्यापक नियुक्ती खारेजी गर्न माग अघि सारेको हो । अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरीले विश्वविद्यालयमा बेथिति बड्दै गएकाले रोकथामका लागि अनेरास्ववियूले समयमै ध्यानाकर्षण गराएको बताए ।

विद्यार्थी नेता गिरीका अनुसार उपकुलपतिलाई बुझाएको सात बुँदे ज्ञापन पत्रमा अनियमित तरिकाले केन्द्रीय कार्यालय, क्याम्पस आंगिक क्याम्पसमा राखिएका कर्मचारी, प्राध्यापकको नियुक्ती तत्तकाल खारेजी गरि आवश्यक कर्मचारी, प्रध्यापक सेवा आयोग मार्फत व्यवस्थाको माग अघि सारिएको छ । कोरोना भाईरसका कारण नियमित कक्षा संचालन हुन नसकेको परिपेच्छमा अनलाई कक्षको नाममा लाखौँ रकम हिनामिना गरेको आरोप आरोप
लगाईएको छ । हिनामिना गरेको रकम छानबिन गरि विद्यार्थीलाई निःशुःल्क डाटा उपलब्ध गराउन माग अघि सारिएको छ । ‘लकडाउन अवधि भरको विद्यार्थीको पढाई शुल्क मिनाह गर्नुपर्छ, ‘नेता गिरीले भने, ‘यस्ता थुप्रै माग अघि सारेर ज्ञापन पत्र बुझाएका छौँ ।’

छात्राबासको व्यवस्थापन, सभाबाट पास नगरी उपकुलपतिले एकलौटी ढङगबाट अवैधानिक रुपमा नियुक्त गरिएका विश्वविद्यालय कार्यकारी सदस्यको नियुक्ती खारेजी गरिनुपर्ने, दोहोरो प्राध्यापन रोक्नुपर्ने केन्द्रीय क्याम्पसमा विद्यार्थी अनुपातमा प्राध्यापकको व्यवस्थापन गरिनुपर्ने माग अघि सारिएको छ ।
अनेरास्ववियू कञ्चनपुरका संयोजक विरेन्द्र राज विष्ट र सह संयोजक ओम बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तीमा सातदिन भित्र माग पुरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिईएको छ । कोडिभ महामारीमा समेत विश्वविद्यालयमा भ्रष्टाचार नरोकिएको अनेरास्ववियूको चिन्ता छ ।  तर, सुप विश्वविद्यलयले अनलाईन कक्षाका नाममा भ्रष्टाचार नभएको, अवैधानिक नियुक्ती नभएको दावि गरेको छ । केन्द्रीय कार्यालयका उप प्रशासक गोबिन्द वल्लव पन्तले कुनैपनि अवैधानिक कार्य नभएको बताए । ‘अवैधानिक नियुक्ती भएका छैनन, ‘उनले भने, ‘भए नभएको छानबिन गछौँ ।’

ताजा समाचार