बैजनाथ ईन्जिनियरिङ्ग कलेजले कोरोनाबाट अभिभावक गुमाएका विद्यार्थीलाई विषेश छात्रबृति दिने

कञ्चनपुर 
कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ ईन्जिनियरिङ्ग कलेजले कोरोनाबाट अभिभावक९आमाबुवा० गुमाएका सन्तानलाई विशेष छात्रबृति दिने भएको छ । यसै शैक्षिक सत्र २०७७ का लागि कलेजले कोरोना रोगबाट ९आमाबाबु० गुमाएका अभिभावकका सन्तान९विद्यार्थी०लाई विशेष छात्रबृति दिने भएको हो । कलेजले समाजिक उत्तरदायित्व भन्दै विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना रोगकका कारण मुल अभिभावक गुमाएका सन्तानका लागि विषेश छात्रबृति ल्याएको हो ।

बैजनाथ ईन्जिनियरिङ्ग कलेजका अध्यक्ष नन्दलाल चटौतले समाजिक उत्तरदायित्व भएकाले कलेजकै तर्फबाट अभिभावक गुमाएका सन्तानका लागि छात्रबृति कार्यक्रम ल्याएको बताए । ‘यो महामारीमा समाजिक रुपमा विद्यार्थीको उज्जल भविष्यका लागि हाम्रो पनि समाजिक दायित्व हुन्छ, ‘उनले भने, ‘कोरोनाबाट अभिभावक गुमाएका कुनैपनि विद्यार्थी प्राविधिक शिक्षाबाट बञ्चित नहोस ।’

सुदूरपश्चिम प्रदेश स्थायी घर भई कोरोनाको रोगबाट मृत्यु भएको सरकारी निकायबाट प्रमाणित कागजात सहित भर्ना हुन आउने अभिभावक गुमाएका विद्यार्थीलाई मात्रै छात्रबृतिमा समावेस गरिने अध्यक्ष चटौतले बताए । विगतमा पनि कलेजले जगन्नाथ चटौत छात्रबृति अन्र्तरगत गरिब, तथा जेहेन्दार छात्र–छात्रालाई छात्रबृति दिएको थियो । कलेजले विगत दुई दशकदेखि सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको विकासमा योगदान पु¥याउँदै आएको छ । कलेजमा अध्ययन गरेका विद्यार्थी हाल विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत रहेका छन् । कोरोना पीडित छात्रबृति ल्याएको भन्दै शैक्षिक क्षेत्रमा सरोकार राख्ने निकायले कलेजप्रति आभार प्रकट गरेका छन् । कलेजले महामारीका बेला समाजिक उत्तरदायित्व निर्वाह गरेको जनाईएको छ ।

ताजा समाचार