ईप्रका बेलौरीका इन्चार्ज ईन्सपेक्टर चन्दले चौध महिनामा अपराध न्यूनिकरण र शान्ति सुरक्षामा के के गरे ?

बेलौरी

कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ । गत बर्ष ०७६ साउनमा बेलौरीको प्रमुख भएर आउनुभएका प्रहरी निरीक्षण रण बहादुर चन्दले यहाँको आन्तरिक शान्ति सुरक्षा एव नागरिकलाई अमन चयनमा थुप्रै प्रयास गरे । मुख्य अपराधिक घटनादेखि, लागुऔषध तस्कर नियन्त्रणमा भूमिका निर्वाह गरेका चन्दलाई प्रहरी प्रधान कार्यालयले प्रहरी तालिम केन्द्र दिपायल सरुवा गरेको छ ।

१४ महिना इलाका प्रहरी कार्यालय बेलौरीको नेतृत्व लिएका प्रहरी निरीक्षक चन्दले बेलौरीमा दाम्पत्ती हत्या प्रकरणको सफल अनुसन्धान गरेर भावि दिनमा यस्ता प्रकृतिका घटना न्यूनिकरणमा नजर अन्दाज नै लगाईदिए । साउनमा बेलौरी नगरपालिका ७ भगतपुरका खाती दाम्पत्ती हत्या प्रकरणमा ईप्रका बेलौरीका इन्चार्ज चन्दकै नेतृत्वमा अनुसन्धान गरिएको थियो । मृतक घनश्याम खाती र बेलीदेवी खातीको हत्या उनकै छोराले गरेको भन्दै शुरुमै अनुसन्धान छोरा केन्द्रीत भएपनि घटना फरक भएकाले अनुसन्धान मोडेर फेरी मुख्य अपराधितर्फ पु¥याएका थिए । खाती दाम्पत्तीको हत्यामा संलग्न अपराधिको पहिचान गरि सार्वजनिक गर्न सफल भएको प्रहरीलाई सफलता दिलाउन ईप्रका बेलौरीका इन्चार्ज चन्दको मुख्य भूमिका थिए । खाती दाम्पत्ती हत्या प्रकरणका मुख्य दोषिहरुलाई कानुनी दायरमा ल्याए ।

खाती दाम्पतीका छिमेकी ५३ बर्षिया प्रकास ऐर, सोही ठाँउका ३५ बर्षिया दिनेश राना, ३६ बर्षिया होरी राना र भर्रा भनिने कृष्णपुर नगरपालिका २ वाणिका रवि रानालाई पक्राउ गरि सार्वजनिक गरिएको थियो । गत साउनमा धाँरिलो हतियार प्रयोग गरेर ६८ बर्षिया बेलीदेवी खाती र उनका श्रीमान ७० बर्षिया घनश्याम खातीको हत्या गरेको हो । प्रहरी निरीक्षक चन्दकै कार्यकालमा भारतबाट चोरी तस्करी गरि नेपाल भित्र्राउन लागेको समान समेत नियन्त्रणमा लिईएको थियो ।

बेलौरीका विभिन्न नाकाबाट तस्करले ल्याएका समान चन्द नेतृत्वकै ईप्रका बेलौरीको टोलीले झण्डै कुखुरा तस्करदेखि हार्डवेयरका समान तस्करी गर्नेलाई तह लगाउँदै अवैध समान बरामद गरिएको थियो । ६० लाख भन्दा बढिको अवैध समान नियन्त्रण गरि भन्सार बुझाएको थियो । प्रहरीको एक्सनपछि बेलौरीमा तस्करी न्यूनिकरण भईरहेको छ । ईन्सपेक्टर चन्द नेतृत्वमा लागु औषध समेत नियन्त्रणमा आएको छ । लागु औषधका तस्कर, प्रयोगकर्ता एव कारोबारीलाई नियन्त्रणमा लिएर काबाही प्रकृया अघि बढाएको छ । ५ लागु औषधका घटनालाई आदालमा पु¥याएको छ । विभिन्न १४ प्रकृतिका अपराध रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्दै सफल अनुसन्धान गरेको छ । कर्तव्य ज्यान, जबरजस्तीकरणी, उद्योग,सवारी ज्यान, चोरी, सार्वजनिक मुद्दा, अपराधिक उपद्राव, भवितव्य ज्यान, विषसेवन, आत्महत्या, आत्महत्यादुरुत्साहन लगायतका घटनामा सफल अनुसन्धान गरिएको छ ।

विस २०७६ साल साउनतिर प्रहरी निरीक्षक चन्दको बेलौरीमा सरुवा भएपछी उनलाई बेलौरी जति जटिल लाग्थ्यो, त्यति व्यवहारिक रुपमा जटिल भएन् । ‘म जति जोखिम सोचेको थिए, त्यति भएन, ‘उनले विदाईकै दिन भने, ‘आज सम्म जे जति काम गरियो, त्यो सबै देश र जनताका लागि हो ।’ हामी प्रहरीलको सरुवा बढुवा नियमित प्रकृया भएको जो जहाँ भएपनि ईमान्दारितापुर्वक काम गर्नुपर्ने उनले निर्देशन दिए । ०७७ असोज ११मा बेलौरीबाट विदाई भएका प्रहरी निरीक्षक चन्द आफ्ना मातहका कर्मचारीसंग भाबुक भएर विदाई भए । प्रहरी निरीक्षक चन्दले राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधी, संचारकर्मी, सहकर्मी लगायत आम नागरिकप्रति आभार प्रकट गरेका छन् । आफ्नो कार्यकालमा सबै पक्षबाट सहयोग पाईएको उनको भनाई थियो ।

ताजा समाचार