जादा जादै पुनर्वास प्रहरी प्रमुख सिंहको ठूलो उपलब्धि “सुनका गहना सहित दुई जना पक्राउ”

पुनर्वास
कञ्चनपुरको डोकेबजारबाट सुनका गहना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको मुम्बैबाट डोकेबजार पुगेका दुई जनालाई क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेश र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंहको कमान्डरमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो डोकेबजारबाट सुनका गहना सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउपालिका वडा नम्वर २ का १९ बर्षीय सुमित भुजेल र २२ बर्षीय मोहन कामी रहेको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए । उहाँका अनुसार सुनका गहनाहरु भारतबाट चोरी गरि नेपाल ल्याउँदै गरेको भन्ने विशेष खबरका आधारमा ती दुई जनालाई पक्राउ गर्दा तिनीहरुबाट सुनका मोटो बाला ५ थान, चुरा चार थान, औँठी चार थान, झुम्का ६ थान, कानको टप एक जोडी, हार एक थान, सानो बाला एक थान लगायतका गहना बरामद गरिएको बताए ।
गहना सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको र आज नै अदालतबाट म्याद थप गरिने प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।प्रहरी  निरीक्षक सिंहको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा १४ महिने बसाईको यो अन्तिम उपलब्धि पनि हो ।

ताजा समाचार

This will close in 10 seconds