भृकुटी माध्यमिक विद्यालयको अन्तरक्रिया सम्पन्न

भृकुटी माध्यमिक विद्यालयले अयोजना गरेको पाँच वर्षे विद्यालय सुधार योजना (एसआइपी) निर्माण तथा शैक्षिक सुधार एवं वैकल्पिक सिकाई सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

‘यस विद्यालयमा धेरै महान व्यक्तिहरुले उच्च शिक्षा हासिल गरी देश सेवामा लागेको सबैलाई सर्वविदित छ । यस विद्यालयले पञ्चवर्षिय योजना निर्माण शुरु गरेपछि यहाँका विद्यार्थीहरुले सहज रुपमा शिक्षा हासिल गर्नुका साथै सबैको पहुँचमा शिक्षा पुगनेमा आफु विश्रवस्त रहेको पूर्व राज्यमन्त्री माननीय प्रकाश रावलले बताउनु भयो ।
सामुदायिक विद्यालय आर्कषकको केन्द्र बिन्दु बन्दै गएको पाइन्छ तर विद्यालयमा विद्यार्थी नभएका, भौतिक संरचना भए विद्यार्थी छैनन्, विद्यार्थी भए भौतिक संरचना छैन, यस विषयमा गहिरिएर सोच्नु पर्ने आवश्यक देखिन्छ । प्रत्येक वर्ष प्रदेश सरकारले २ वटा आधारभुत विद्यालय र २ वटा माध्यमिक विद्यालयको भवन निर्माण गर्दै आइरहेको छ । विद्यालयको भौतिक संरचनाकोे साथ साथै विद्यार्थीको पठन पाठनमा समेत शिक्षक, वि.व्य.स लगायत सरोकारवालाको चासो हुनुपर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा विद्यालयको परिषरमा वृक्षा रोपण पनि गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल कुमार भट्ट, प्रमुख अतिथी पूर्व उद्योग, पर्यटन बन तथा वातावरण राज्यमन्त्री माननीय प्रकाश रावल रहनु भएको थियो, स्वागत मन्तव्य प्र.अ. केशर सिह महराले गर्नु भएको थियो, बिद्यालय को आगामी ५ बर्षे योजना प्रस्तुत शिक्षक बिरेन्द्र प्रसाद भट्टले गर्नु भएको थियो भने शिक्षा सित सरोकार राख्ने शिक्षकका पेसागत सघ सगठन, पुर्व प्र.अ, पुर्व बि.ब्य.स अध्यक्ष ज्युहरु, नगरपालिका शिक्षा शाखा, शिक्षा बिकास तथा समन्वय इकाई कंचनपुर, वडा कार्यालय, समाजसेवी बुद्धिजीवी, ब्यापारी पत्रकारहरुको सहभागीता रहेको थियो, कार्यक्रम संचालक लक्ष्मी भट्टले गर्नु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds