सरस्वती मावि वाणिमा ६ कोटे भवन उद्घाटन

कञ्चनपुर 
कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको प्रमुख आथित्यमा नवनिर्मत भवन उद्घाटन गरिएको हो । शुक्रबार एक कार्यक्रमका विच भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य जोशीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिका लागि प्रदेश सरकारबाट अझै कार्यक्रम दिने बताए ।
संसद जोशीकै पहलमा सुप प्रदेश समाजिक विकास मन्त्रालयबाट चार कोठे पक्की भवन र तत्तकालिन शान्ति तथा पूर्निनिर्माण मन्त्रालयको डिजायनमा शुरुवात गरिएको दुई कोठे पक्की भवनको कृष्णपुर नगरप्रमुख हर्क हमालले उद्घाटन गर्र्दै नगरपालिकाका तर्फबाट थप सहयोगको बाचा गरे ।
दुवै भवनको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राध्यानाध्यापक प्रजापति नेगीले भवन निर्माणसंगै प्राविधिक शिक्षा संचालनमा सहज हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी नाथयोगी(सन्तोष)को अध्यक्षतामा भएको कार्यक्तमको संचालन शिक्षक गणेश कार्कीले संचालन गरेका थिए । गाँउमै प्राविधिक विद्यालय आएकाले स्थानीय हर्षित भएक छन् ।

ताजा समाचार