राससकर्मी सहित पाँच जनालाई सम्मान

कञ्चनपुर

द्वन्द पीडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगर कञ्चनपुरले राससकर्मी राजेन्द्रप्रसाद पनेरु सहित विभिन्न क्षेत्रका पाँच जनालाई सम्मान गरेको छ । संस्थाको १३ औं वार्षिकोत्सव अवसरमा सम्मान गरिएको हो । सम्मानित हुनेमा राससकर्मी सहित गैरकारी संस्था महासंघका पूर्व जिल्ला अध्यक्ष धर्म सिह कुँबर, शिक्षक हेमा भट्ट, संस्था स्थापना कालका कर्मचारी चन्द्रदेव जोशी र एकल महिला बिस्ना पन्त रहनु भएको छ ।

सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । संस्थाका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष नरेश सिलाल प्रमुख अतिथि रहनु भएको थियो ।
संस्थाले विभिन्न क्षेत्रका ५ जनालाई बर्सेनी आफ्नो वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ । कार्यक्रममा बोल्दै गैसस महासंघका अध्यक्ष सिलालले केन्द्रले एकल महिलाहरुलाई संगठितभै अधिकारका लागि बोल्न सक्ने बनाएको बताउनु   भयो ।

एकल महिलाहरु अधिकारका लागि विभिन्न निकाय धाउदै आएका छन उहाँले भन्नु भयो, “आर्थिक रुपमा समेत सवल बन्दै गएका छन ।आर्थिक, राजनीतिक सशक्तिकरण लगायतका कार्यक्रमको परिणाम स्वरुप एकल महिला र द्वन्द पीडित महिलाहरु सबल बनेका हुन ।”छाउपडी प्रथा हटाउनका लागि घर घरमा बनाईएका छाउगोठ भत्काईएका छन । अझै पनि छाउपडीका नाममा गरिने छुवाछुतको भावना हटन सकेको छैन । उहाँले भन्नु भयो, “घरको छाउगोठ भत्कीयो । मनको छाउगोठ भत्कीएको छैन । यसका लागि केन्द्रमा आवद्धहरुले अगाडी बढनु पर्छ ।”

निकै कष्ट सहेर एकल र द्वन्द पीडित महिलाहरुलाई संगठित गरी उहाँहरुको सुख दुःखमा साथ दिन पाउदा निकै खुसि छौं संस्थाका अध्यक्ष बोहराले भन्नु भयो, “अझै एकल र द्वन्द पीडित महिलाहरुकै हक अधिकारका लागि आवाज बुलन्द गर्दै अगाडी बढछौं ।”कार्यक्रममा गैसस महासंघका पूर्व अध्यक्ष कुवँर, शिक्षिका भट्ट, एकल महिला पन्त, पत्रकार पनेरु लगायतले संस्थाको सफलताको कामना गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष पार्वती भट्टले आयव्यय प्रस्तुत गर्नु भएको थियो भने बिन्दु बोहराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका कार्यक्रम अधिकृत डम्बरी बिष्ट कुँबरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds